उद्योगमा तत्काल विद्युत आपूर्ति बन्द नगर्न विद्युत प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १२:४७:७
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणलाई तत्काल उद्योगमा विद्युत आपूर्ति बन्द नगर्न निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल तिर्न १५ दिनको सूचना निकालेपछि नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर आग्रह गरेपछि उनले यस्तो निर्देशन दिएका हुन् ।
डेडिकेटेड फिडर र ट्रंक लाइनका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र अध्ययन नसकिएसम्म उद्योगहरूको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई उनले निर्देशन दिएका हुन् । महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उक्त निर्देशन दिएका हुन् ।
महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरू ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको र उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने माग प्रधानमन्त्री समक्ष राखेको छ । महासंघ अध्यक्ष ढकालले यस अवस्थामा उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायी थप हतोत्साही हुने बताएका थिए ।
प्रधानमन्त्रीले यस सम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्याउने कुरामा आफूले पहल गर्ने बताए । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार