एन्फा अध्यक्ष र महासचिवविरुद्ध बुझाइयाे अविश्वास प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १३:५२:४३
२५ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४८ सदस्यले हस्ताक्षर गरेर सोमबार प्रस्ताव दर्ता गराएका हुन् । प्रस्ताव एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाइएको छ ।
अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्षसहित पदाधिकारी निलम्बनमा पर्ने एन्फाको विधान व्यवस्था रहेकाे छ । एन्फाको साधारणसभामा ८६ सदस्य छन् । नेम्बाङको पहिलो वर्षका कार्यकालमा तोकिएका कार्यक्रम हुन नसकेको र उनीहरुलाई राखिराख्दा नेपाली फुटबल थप ओरालो लाग्ने निष्कर्षसहित अविश्वासको प्रस्ताव पेस गरेको दाबी खडका पक्षको रहेको छ ।
४० प्रतिशत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्न सकिने विधानमा व्यवस्था छ । तर पारित गर्न भने दुईतिहाई सदस्यको समर्थन आवश्यक पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार