उच्च अंकले बढ्यो शेयरबजार, १ अर्बभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १५:५८:५५
२५ भदौ, काठमाडौं । आइतबार बढेको शेयरबजारले सोमबार पनि निरन्तरता दिएको छ । यस दिन नेप्से सूचक ४४.३० विन्दुले बढेर १९८६.९९ अंकमा आइपुगेको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ५१ करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । नेप्सेका सबै उपसमूहहरु हरियाली भएका छन् ।
मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजार बल्ल सम्हालिने सम्भावना देखिएको हो । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो ।
अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रूपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।
सोमबार २१२ कम्पनीमा हरियाली छाउँदा ११ कम्पनीका सेयर मूल्य घटेका छन् । पाँच वटा कम्पनीका सेयर मूल्य भने स्थिर रहे ।
सेयर बजारमा घटबढ भइरहन्छ । यो बजारको सामान्य नियम हो । यसकारण, आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
साफ यू –१७ च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको फराकिलो जित
असोज ७, २०८१ सोमबार
दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?
असोज ७, २०८१ सोमबार
सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित
असोज ७, २०८१ सोमबार
माल्दिभ्स पठाइदिन्छु भनी ५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
असोज ७, २०८१ सोमबार
कास्की अदालतद्वारा छविलाल जोशीलाई हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद
असोज ७, २०८१ सोमबार