बीपीले नपाएको १५ वर्षमाथि यस्तो छ विज्ञको धारणा
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १७:१२:२१
२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ११०औं जन्मदिनको अवसर पारेर पार्टी मुख्यालय बी.पी.नगरमा आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन–२०८०’को दोश्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरुले धारणा राखेका छन् ।
नेपाली काँग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा धारणा राखेका थिए । हरि शर्माले राजनीतिक पूर्वग्रहका कारण बीपीले दुई तिहाई बहुमतसहितको सरकाको नेतृत्व गरे पनि पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजबादको आफ्नो सैद्धान्तिक अवधारणलाई व्यवहारिक रुपमा उतार्न नपाएको बताए ।
बरिष्ठ अधिवक्तासमेत रहेका विपिन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानूनी शासनको अभ्यास बिपीले गर्न नपाएको बताए । अर्थबिज्ञ अच्युत वाग्लेले बिपीले समाजबादी अर्थनीति अनुशरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका संकेत देखिएका थिए तर त्यसले निरन्तरता पाउन नसकेको बताए ।
आर्थिक मित्तव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने बीपीको अवधारणालाई तत्कालिन सरकारले २०१६ सालमा अभ्यास शुरुवात गरेको बताए । मञ्चला झाले बिपी नेतृत्वको सरकारले समावेसीता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उनको नीतिलाई आजको कांग्रेसले व्यवहारमा उतार्नु पर्ने खाँचो औल्याइन् ।
नेपाली साहित्यका शिखर पुरुष महामानव बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बी.पी. नगर ललितपुरमा आइतबारबाट शुरु भएको हो । तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुन लागेको हो । महोत्सवको दोश्रो दिन सोमबार ‘बीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको थियो । आजै गजल साँझ हुँदैछ । जहाँ ३० जना गजलकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् ।

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार