प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रसंघीय महासभामा नजान कांग्रेस नेता खड्काकाे सुझाव
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १७:२७:३२
२५ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाने अन्तिम तयारी भएको बेला सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले भ्रमणबारे प्रश्न उठाएका छन् ।
देशमा भ्रष्टाचार र तस्करीले आक्रान्त तुल्याइरहेका बेला विदेश जानु उचित नभएको बताए । बीपी कोइरालाको ११औं जन्मजयन्तीका अवसरमा आयोजना गरिएको साहित्य महोत्वसवको दोस्रो दिन आज ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’मा धारणा राख्दै प्रश्न उठाएका हुन् ।
‘‘देशमा भ्रष्टाचार, तस्करीका यति धेरै मुद्दा आइरहेका छन् । यस्तो अवस्थामा राष्ट्रसंघको महासभामा गएर उहाँले के कुरा गर्नुहुन्छ ?’ उनले भने । प्रधानमन्त्री राष्ट्रसंघीय महासभामा जानुभन्दा यहीँ बसेर समस्या समाधान गर्न समेत उनले सुझाव दिए ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन यही भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युर्योक जाँदैछन् । असोज ४ महासभालाई सम्बोधन गर्नेछन् । यसपछि उनी त्यहीबाट असोज ५ मा चीन जानेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार