मोर्चाको मिसन समाजवाद हो, यसैबाट भ्रष्टाचार र असमानता अन्त्य हुन्छ : माधवकुमार नेपाल
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १७:४८:३
२५ भदौ, काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाको मुख्य लक्ष्य समाजवाद स्थापना रहेको बताएका छन् । आज विराटनगरमा मोर्चाले आयोजना गरेको प्रदेश स्तरीय सन्देशसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रेका अध्यक्ष नेपालले मुख्य लक्ष्य (मिसन) समाजवाद लिएर आफूहरू अगाडि बढेको बताए ।
मोर्चाले पाँच वटा प्रदेशमा सन्देशसभा गरिसकेको र यसले जनतामा आत्मविश्वास र आशा पैदा गराएको बताए । उनले सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियान सफल हुनेमा शंका नगर्न समेत आग्ह गरे ।
‘सरकारले राम्रा गरिरहेको छ, नागरिकता वितरण, मिटरब्याज विरूद्धको कानुन निर्माण, सुशासन कायम गराउन लिएको कदमहरु राम्रा छन्’ उनले भने, ‘यसबाट अतालिएकाहरुले सरकारविरुद्ध विभिन्न षडयन्त्र गरिरहेका छन् । यसलाई सबै मिलेर निस्तेज पार्नुको विकल्प छैन ।’ उनले विकास र जनताको पक्षका काम गर्ने क्रममा हुने सानातिना त्रुटीलाई जनताले माफी दिने बताए । विरोधीहरुको षडयन्त्रबाट नडराउन समेत उनले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । हरेक समस्या वार्ता र छलफलबाटै हुने विश्वास व्यक्त गरे ।
विगतमा पविर्तनका दलहरुले ७ साल, ४६ र ६२ सालमा मोर्चा बनाएरै आन्दोलन सफल बनाएको स्मरण गर्दै मोर्चाबारे अनावश्यक टिप्पणी नगर्न समेत आग्रह गरे । समाजवादकै अवधारणामा मुलुकका हरेक घटनाका पीडितलाई न्याय दिन सकिने बताए । अब दलाल पूँजीवाद र राष्ट्रियताविरोधी तत्वहरुविरुद्ध राजनीतिक अभियानको खाँचो रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरा जाने केबलकार निर्माणका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप
कात्तिक २३, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार