जीवनभर लोकतन्त्रको लडाइमा लागेका पार्टी रक्षात्मक हुने अवस्था उल्टाउन इँटको जवाफ पत्थरले दिनुपर्छः प्रचण्ड
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १८:४:४४
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीवनभर लोकतन्त्र, गणतन्त्र, स्वतन्त्रताका निम्ती लडेका नेता र पार्टीहरू रक्षात्मक हुनेजस्तो परिस्थिति देखिएको भन्दै त्यसलाई परिवर्तन गर्न आन्दोलन आवश्यक भएको बताएका छन् । उनले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना तोड्नुपर्ने बताए ।
उनले गणतन्त्र, धर्मनिरपेक्षता, स्वतन्त्रताका लागि लडेका राजनीतिक दलहरूको पक्षमा जनता रहेको र त्यसको भान पार्नुपर्ने बताए । प्रचण्डले सामाजिक सद्भाव भत्काउन र व्यवस्था परिवर्तन गर्न चाहनेहरूलाई जवाफ दिनुपर्ने बताए । समाजवादी मोर्चा गठन भएको र त्यसको लक्ष्य ठूलो रहेको पनि दाहालको भनाइ थियो ।
निरंकुशताको पक्षमा नयाँ शक्तिहरू देखिएको पनि आरोप लगाए । ’जिन्दगीभरको राजनीति गणतन्त्र, लोकतन्त्र, क्रान्ति, स्वतन्त्रताको निम्ति भनेर लागेका पार्टी रक्षात्मक जस्तो, हिजोअस्ति हावाहुरी भएर आएकाहरू बडो पार्टीजस्तो,’ उनले भने । सामाजिक सञ्जालमा विकृतिको पक्षपोगण गर्नेहरू राजनीतिक नेताजस्ता भएर गइरहेको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने दाहालको भनाइ थियो । त्यस्ता व्यक्तिहरू ’निरंकुशताका दलाल’ भएको उनको भनाइ थियो ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको पनि विरोध गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । अब बदमासी गर्नेहरूलाई जवाफ दिनुपर्ने पनि दाहालले बताए । समाजवादी मोर्चाले मंगलबार सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गरेपछि योजनाबद्ध रूपमा अगाडि बढ्ने उनले जानकारी दिए । समाजमा छरिएका भ्रम हटाउनका लागि मोर्चाले काम गर्ने उनको भनाइ थियो ।
त्यस्तै, कोशी प्रदेशबाट व्यवस्थाविरुद्ध आवाज उठ्न लागेको हो कि भन्ने लागेको दाहालको भनाइ थियो । ’जहाँ क्रान्ति बलियो हुन्छ, प्रतिक्रान्ति पनि सँगसँगै आइएराख्या हुन्छ । क्रान्तिले सफलता जहाँ प्राप्त गर्छ त्यहीँ प्रतिक्रान्तिले पनि ठाउँ खोजिराख्या हुन्छ,’ उनले भने, ’सामन्तवादका विरुद्ध विद्रोहको झन्डा उठाउने झापाको काँकडभिट्टाबाट इतिहासले मिल्काइसकेका राजा महाराजा आएर बोल्ने साहस गरिरहेका छन् । धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रताका निम्ति लडेको क्षेत्र हो ।’ दाहालले धार्मिक अतिवाद र जातीय विभेदबाट सचेत रहनुपर्ने बताए ।
उनले सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’ यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु‘, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘लाखौं जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन पर्याे । अनि मात्र हाम्रो जित हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार