बीवाइडीको ‘डल्फिन’नेपालको सडकमा : कति पर्छ मूल्य ?
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार ८:२६:५९
२६ भदौ, काठमाडौ । बीवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी ‘डल्फिन’ नयाँ विद्युतीय गाडी नेपाल भित्र्याएको छ । सोमबार बीवाइडीका ब्रान्ड एम्बास्डर हरिवंश आचार्यले ‘डल्फिन’गाडी सार्वजनिक गरे ।
‘डल्फिन समुद्रमा बस्ने भएपनि बीवाइडीले गाडीका रुपमा नेपालको सडकमा ल्याएको छ,’ उनले भने । ‘विद्युतीय सवारी साधनको प्रयोग बढेको छ यो खुसीको कुरा हो ’ गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
ई–६ मोडलदेखि सुरु भएको बीवाइडीको यात्रा एटो ३ हुँदै ‘डल्फिन’सम्म आइपुगेको हो । गाडीमा ४४.९ किलोवाट आवर (युनिट)को ब्याट्री जडान गरिएको छ । यस्तै ७० किलोवाट क्षमताको मोटर छ । यसमा भएको ब्याट्रीले एक पटकको फुलचार्जमा ३४० किलोमिटर रेन्जप्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसमा १६ इन्चको अलोय ह्विल र १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । यस्तै ह्विलबेस २ हजार ७ सय एमएम छ । यो गाडीमा १२.८ इन्चको फ्लोटिङ टचस्क्रिन कन्सोल, ३६० डिग्रीक्यामेरा, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, प्यानारोमिक सनरुफ, ५ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्टक्लस्टर लगायत फिचर छन् ।
गाडी ४ वटाकलरमा उपलब्ध छ । गाडी मंगलबार आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडाअटो शोमा देख्न पाइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार