को हुन सुवासचन्द्र नेम्वाङ ?
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार ८:३६:३६
२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो ।
हृदयघातबाट निधन भएका नेम्वाङ स्नातक अध्ययनका क्रममा विसं २०२८/ २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए ।
विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टीको अर्डीनेसन केन्द्र (माले) मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसदको सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष थिए।
विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासन मन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वर्गीय नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए। नेम्बाङ हाल इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित थिए । उनी गएको निर्वाचनमा ३० हजार २० मत प्राप्त गर्दै पाँचौं पटक विजयी बनेका थिए ।
नेम्वाङले पछिल्लो संविधान सभा निर्वाचनामा आफ्ना निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरेका थिए।
एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बनेका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत भएका थिए। सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसकेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए ।
नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
कात्तिक २७, २०८१ मंगलबार
राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
कात्तिक २७, २०८१ मंगलबार
हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड
कात्तिक २७, २०८१ मंगलबार
लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ
कात्तिक २७, २०८१ मंगलबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरको दैनिक उडान
कात्तिक २७, २०८१ मंगलबार
‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार