सिटिजन लाइफ इन्स्योरेन्सको प्रि-अलोटमेन्ट सम्पन्न, आईपीओ बाँडफाँट कहिले ?
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १०:४७:२८
२६ भदौ, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बिहीबार बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल अनुसार भदौ २८ गते आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्रि-अलोटमेन्ट सोमबार सम्पन्न भएको छ ।
यता, सिटिजन लाइफको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख १० हजार ६९३ जनाले कुल १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रूपैयाँ प्रिमियम थप गरेर २४४ रूपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर यस अघिनै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
त्यस्तै, ५५ अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर कर्मचारी र ५% (५ लाख ६२ हजार ५०० कित्ता) शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारणलाई खुला गरेको थियो ।
यो आईपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सानिमा रिलायन्स लाईफको दुई दिने आवासीय तालिम सम्पन्न
असोज १७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार