शोक वक्तव्य निकाल्दै खनालले भने- नेम्वाङ पार्टी विभाजनप्रति निकै दु:खी हुनुहुन्थ्यो
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १२:१३:५९
२६ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सुवासचन्द्र नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको जनाएका छन् ।
मंगलबार शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गर्दै राजनीतिक जीवनमा इमान्दार र निष्ठावान व्यक्ति भएको बताएका छन् ।
दुई वर्षपहिले एमाले विभाजन हुँदा नेम्बाङ निकै दुःखी भएको र पुनः एकता हुनुपर्नेमा जोड दिइरहने नेता रहेको बताए । नेम्वाङसँग आफूले माध्यमिक शिक्षा, त्रिविअन्तर्गत त्रिचन्द्र कलेजमा आईएससी र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको स्मरण गरेका छन् ।
खनालले नेम्वाङलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन आफूले नै प्रेरित गरेको उल्लेख गर्दै कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको कालसम्म एउटै पार्टीमा रहेको स्मरण गरे । जस्तोसुकै समस्यामा पनि निकासको बाटो पहिल्याउन सक्ने व्यक्तिको रुपमा नेम्वाङलाई सम्झिरहने उनले बताएका छन् । नेम्वाङको असमायिक निधनले दुःखद निधन आफू र सिंगो स्तब्ध भएको उल्लेख गरेका छन् ।
सोमबार राति बालुवाटारस्थित घरमा बेहोस भएर ढलेका नेम्बाङको उपचारका क्रममा गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएका थिए । उनको पार्थिव शरीर भोलि बुधबारसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिने भएको छ ।
उनको अन्त्योष्टि सरकारले राजकीय सम्मानसाथ गर्ने र बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । नेम्वाङ पछिल्लो समयमा इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार