एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालयमा सुरू, नेम्वाङ बस्ने कुर्सीमा माला
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १२:३१:२३
२६ भदौ, काठमाडौं । नेकपा (एमाले)को सचिवालयकाे आकस्मिक बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुुरू भएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता एवं सचिवालय सदस्य सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि आकस्मिक बैठक बसिरहेको छ ।
जारी बैठकमा बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ । नेम्वाङको गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका निधन भएको थियो । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो । बैठकले निधनपछि पार्टीकाे कर्तव्य र कार्यक्रमबारे निर्णय लिनेछ ।
नेम्वाङको निधनले पार्टी र सिंगो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति भएको एमालेले जनाएको छ । नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार दुई दिन श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । पार्थिव शरीरलाई केहीबेर अघि मात्र केन्द्रीय कार्यालय पुर्याइएको छ । अन्त्येष्टि बुधबारमात्र गरिनेछ ।
नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गर्ने निर्णय सरकारको आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले गरिसकेको छ । नेम्वाङ २०६२/६३ पछि बनेको अन्तरिम संसद, पहिलो संविधानसभा २०६४ देखि दोस्रो संविधानसभा २०७० यता २०७२ मा संविधान जारी हुँदासम्म सभामुख थिए ।
उनी पछिल्लो पटक २०७९ मंसिर ४ मा सम्पन्न संघीय चुनावमा इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित थिए । नेम्वाङ देशभक्त र निष्ठानवान नेताको रुपमा परिचित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार