बागलुङमा आलु उत्पादनमा वृद्धि, भण्डारण क्षमता थोरै हुँदा किसानलाई मर्का
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १२:५६:२
२६ भदौ, बागलुङ । पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन ।
भण्डारणको सुविधा नहुँदा यहाँका किसानले बारीबाटै आलु बेच्ने गरेका छन् । विशेषगरी ताराखोला र ढोरपाटनका किसानले भण्डारण गर्न आलु सस्तोमै बिक्री गर्नुपरिरहेको छ । “आलु पर्याप्त मात्रामा फल्छ, तर राख्ने ठाउँ छैन”, ढोरपाटन नगरपालिका–८ की थमसरा विकले भने, “बारीबाटै बेच्दा सस्तोमा दिनुपर्छ ।” भण्डारणको सुविधा भएको भए आलु बिक्री गरी दोब्बर फाइदा लिन सकिने उनले बताए ।
ढोरपाटनकै इन्द्रबहादुर सुनारले पनि वर्षको ५० क्विन्टल आलु बेच्ने गरेको बताए । भदौ अन्तिम सातादेखि उनीहरुले आलु खन्ने गर्छन् । सडकको पहुँच नभएकाले बजारमा आलु पठाउन नसक्दा कुहिने गरेको सुनारले गुनासो गर्नुभयो । भण्डारण अभावमा वर्षातमै आलु बेच्नुपर्ने बाध्यता छ । ढोरपाटनको पाटक क्षेत्रमा सयौँ क्विन्टल आलु उत्पादन हुने गरेको छ । तर बजारीकरणमा समस्या भएको किसानको गुनासो छ ।
कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कअनुसार जिल्लाभर तीन हजार ५० हेक्टरमा आलु खेती गरिन्छ । सो जग्गामा ५४ हजार आठ सय १० मेट्रिक टन आलु फलेको तथ्याङ्क छ । जिल्लामा आलुको बीउ पर्याप्त मात्रामा भण्डारण गर्न समस्या छ । गत आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई बीउ भण्डार बनाउन सहयोग गरेको छ । परियोजनाको बागलुङ कार्यालयका प्रमुख सुजित पौडेलका अनुसार रु चार लाख अनुदान सहयोगमा किसानले रु सात लाखमा भवन बनाएका थिए । ढोरपाटन–९ को नवी र फलेघरमा १३ मेट्रिक टन आलु भण्डारण गर्न सकिने गरी भवन निर्माण गरिएको छ ।
रुद्रताल कृषि समूह र नवी कृषि समूहका किसानले श्रमदान गरी भवन निर्माण गरेका हुन् । परियोजनाले ताराखोलामा रु २१ लाख तथा स्थानीयवासीको रु चार लाखमा शीत भण्डार केन्द्र निर्माण गरी आलु राख्न थालेका स्थानीय ओमप्रसाद कँडेलले बताए । परियोजनाले निसीखोला र निसेल ढोरमा १०/१० मेट्रिक टन क्षमताका तीन बीउ भण्डार केन्द्र निर्माण गरेको छ । त्यसबाहेक गण्डकी प्रदेश सरकारको सहयोगमा काठेखोलामा ५० मेट्रिक टनको आलु भण्डार केन्द्र तथा बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा ५०/५० मेट्रिकटन क्षमताका दुई भण्डारण केन्द्र निर्माण गरिएका छन् ।
गलकोटमा भने स्याउलगायत फलफूलसमेत भण्डारण गर्नेगरी स्थानीय व्यवसायीले दुई सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेका छन् । गलकोट नगरपालिका–३ मा सिद्धभैरव समूहले रु दुई करोड लगानीमा एक सय मेट्रिकटन क्षमतको शीत भण्डारण केन्द्र तथा एक सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार