अन्तिम श्रद्धाञ्जलीका नेम्वाङको पार्थिव शरीर च्यासलमा
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १२:५७:५०
२६ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालबाट ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय ल्याइएको छ ।
नेम्वाङको पार्थिव शरीर आज मंगलबार दिनभर पार्टी कार्यालयमा राखिने र भोलि बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांंसद हुन् ।
तुल्सीलाल हलमा राखेर नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण सुरु भएको छ । च्यासलस्थित एमाले कार्यालयमा पुर्याएर श्रद्धाञ्जली दिन थालिएको हो नेम्वाङको शवलाई तुल्सीलाल हलमा राखिएको छ ।
आज बिहान निधन भएका नेम्वाङलाई संविधानसभा अध्यक्षको हैसियतमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेका थियो । मन्त्रिपरिषदको निर्णयसँगै नेपाली सेनाले पार्थिव शरीर शिक्षण अस्पतालबाट निकालेर च्यासल पुर्याइएको हो ।
नेम्वाङका छोराहरू विदेशमा भएकाले उनीहरू फर्किएपछि अन्त्येष्टि गरिने भएको छ । एमालेले भने २८ गते मुन्धुम संस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी गरेको अनौपचारिक जानकारी दिएको छ । मन्त्रिपरिषदले गरेको निर्णयअनुसार उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिरबाट लडेर घाईते भएका एक जनाको काभ्रेबाट उद्धार
कात्तिक २८, २०८१ बुधबार
देउती बज्यै मन्दिरका पुजारी मृत फेला
कात्तिक २८, २०८१ बुधबार
मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार