एमाले सचिवालयको निर्णय : नेम्वाङको निधनमा ३ दिनसम्म शोक मनाउने
केन्द्र,, प्रदेश र स्थानीय पार्टी कार्यालयमा शाेक पुस्तिका राखिने, औपचारिक कार्यक्रम नगर्ने
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १२:५९:६
२६ भदौ, ललितपुर । नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा ३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो ।
निर्णय अनुसार आज मंगलबारदेखि ३ दिनसम्म देशभर शोक मनाउने र पार्टी र सम्बद्ध जनवर्गीय संगठनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय ३ दिनसम्म शोक पुस्तिका राख्ने र पार्टीको झन्डा आधा झुकाउने निर्णय गरिएको छ । नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको छ ।
सचिवालयको आजको बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको थियो । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज र भोलिसम्म राखिनेछ । त्यसपछि उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिनेछ । औपचारिक कार्यक्रम नगर्ने भएकाे छ ।
गएराति हृदयघात भएर बालुवाटारस्थित घरमै ढलेका नेम्वाङकाे उपचारका क्रममा काठमाडौंकाे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।
नेम्वाङ २०६२/६३ पछि बनेको अन्तरिम संसद, पहिलो संविधानसभा २०६४ देखि दोस्रो संविधानसभा २०७० यता २०७२ मा संविधान जारी हुँदासम्म सभामुख थिए ।
उनी पछिल्लोपटक २०७९ मंसिर ४ मा सम्पन्न संघीय चुनावमा इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार