सुवासजी पार्टी उपाध्यक्ष मात्र नभइ सुख-दुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १३:४५:४९
२६ भदौ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङलाई आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नभएर सुख, दुःखका साथीको रुपमा स्मरण गरेका छन् । नेम्वाङप्रति मंगलबार सामाजिक संजाल फेसबुकमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले नेम्वाङ शालीन, मृदुभाषी, हितैषी मित्र र सुखदुःखका असल साथी रहेको बताए । लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङको योगदान सधैं सम्झिरहने उल्लेख गरेका छन् । ओलीले पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका छन् ।
पुर्वसभामुख, तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङको हृदयघातबाट गएराति निधन भएको थियो । राति बाथरुममा बेहोस भएका उनलाई १ बजेर ५० त्रिवि शिक्षण अस्पताल पुर्याउँदा बिहान ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
नैम्वाङको पार्थिव शरीर अहिले पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा राखिएको छ । श्रद्धाञ्जली दिन राजनीतिक दल नेता, शुभेच्छकको भीड लागेको छ । नेम्वाङको अन्त्येष्टि राजकीय सम्मासहित अन्त्येष्टि गर्ने र त्यसदिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरिसकेको । अन्त्येष्टि भोलि बुधबार मात्र गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार