कानुन बनाएर मात्रै बजार शुद्धिकरण हुँदैन्, मान्छेको मन शुद्ध हुनुपर्छ : कानुनमन्त्री गुरुङ
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १४:५४:०
२६ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन् । नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभालाई काठमाडौंमा सम्बाेधन गर्दै उनले उनले मन शुद्ध नभई शुद्ध सामान उत्पादन नहुने र शुद्ध सामान बजार नपुगेपछि समाज शुद्ध नहुने तर्क गरे ।
‘हाम्रो मन अशुद्ध भएपछि सबै वस्तु अशुद्ध हुन्छ । हरेक मानिसको मन शुद्ध नभएपछि बजारमा कसरी शुद्ध सामान पाइन्छ । सफा मनले वस्तु उत्पादन गरेर बजार पठाउने हो भने पो सामान शुद्ध हुने हो । हामी आफै शुद्धीकरण भएपछि मात्रै मिसावटरहित सामान आउन सक्छ ।’ उनले भने, ‘कानुन बनाएर, विधेयक बनाएर मात्रै बजार शुद्धीकरण हुन्छ भन्ने कुरा होईन । हामीलाई छिटो फाइदा कमाउने प्रवृत्ति बढेको कारण बढि मिसावट भएको जस्तो देखिन्छ ।’
उनले उपभोक्ताको हितका लागि आफ्नो प्रयास सदैव सकारात्मक रहने वचन दिए। महासंघले नेपालीहरूको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रयास गरेको भन्दै उनले सो प्रयासमा सरकार सधैँ सँगै रहेको बताए ।
उनले भने, ‘नेपाली उपभोक्ता संरक्षण महासंघ भनेर संस्थागत रुपमा संगठन गठन गरेर मुलुक भरको नेपालीहरूको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रयास गर्नु भएको छ यसको लागि धन्यवाद छ र यो संस्थाको प्रयासमा नेपाली सरकार सँगै उभिन चाहन्छ ।’
उनले हामी आफै शुद्धीकरण भएपछि मात्रै मिसावटविनाको सामान बजारमा आउँन सक्ने भन्दै शुद्ध मनले सामग्री उत्पादन गर्नुपर्ने बताए । वर्तमान समाजमा छिटो फाइदा कमाउने उद्देश्यले मिसावट वस्तु उत्पादन गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए ।
यस्तै, उनले कार्यक्रममा जाँदा मायाको चिनो, सम्मान पत्र वितरण गर्नु भनेको फजूल खर्च भएको मान्यता व्यक्त गर्दै यस्तो सम्मान पत्रको भारी नबोकाइ दिन पनि अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
कात्तिक २७, २०८१ मंगलबार
राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
स्याङजाको रणवीर माविमा कानुन विपरीत शिक्षक सरुवा: न्याय खोज्दै अदालत पुगे अभिभावक
कात्तिक २६, २०८१ सोमबार
कर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
साल्ट ट्रेडिङ धनुषाले बेच्यो १८ करोड ६२ लाखको नुन
कात्तिक २७, २०८१ मंगलबार
ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
कात्तिक २७, २०८१ मंगलबार
हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड
कात्तिक २७, २०८१ मंगलबार