मन्त्री बस्नेतले गरे २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १५:३३:५२
२६ भदौ, काठमाडौं । रसुवामा दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास भएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौंमा आयोजित कार्यक्रमबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष लगानीमा रसुवामा निर्माणाधीन सो योजना हालसम्मकै ठूलो मानिन्छ । आयोजना रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा रहेको छ । हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृहलगायतका संरचना निर्माण भइरहेका छन् ।
शिलान्यासपछि मन्त्री बस्नेतले नेपालको जलविद्युत विकासमार्फत आर्थिक रुपमा समृद्धि हासिल गर्न जलविद्युत आयोजनामा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको बताए । उनले आयोजना तोकिएकै समयमा निर्माण सक्नुपर्ने र त्यसनिम्ति सरकारले आवश्यक सहजीकरण गर्ने बताए । आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन) रहेको छ ।
आयोजनाको निर्माण २०७८ पुसबाट सुरु भएको हो । काम सुरु भएको पाँच वर्ष अर्थात २०८३ मंसिरभित्र आयोजना सम्पन्न गर्नुपर्ने सम्झौता छ । आयोजना निर्माणमा कार्यरत मजदुरमध्ये आधा रसुवाकै रहेका छन् । निर्माण अवधिसम्म करिब एक हजार रसुवालीले रोजगार पाउने आयोजनाको भनाइ छ । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलरको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोइन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजना सम्पन्नपछि आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षा याममा उत्पादन हुने बताइएको छ । वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ ।
यहाँबाट उत्पादित बिजुली विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा वितरण गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार