काठमाडौं र रसुवाबाट व्यक्ति हत्या आरोपमा दुई वृद्ध पक्राउ
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १६:६:३९
२६ भदौ, काठमाडौं । काठमाडौं र रसुवाबाट व्यक्ति हत्या आरोपमा दुई वृद्ध पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जगत बहादुरले पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको भन्ने खबर हुनासाथ प्रहरी वृत्त गौशालबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
रसुवामा आफ्नै श्रीमती ७१ वर्षीया सीता कामीको हत्या गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका(६ रेडपाण्डा चोकस्थित भूकम्प पीडित आवास स्थल बस्ने ७१ वर्षीय सुलाल कामीलाई प्रहरीले पक्राउ गरेको छ । सीता कामी आफ्नै आवास स्थलमा मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुलाल कामीले कुटपिट गरी हत्या गरेको भन्ने खुल्न आएपछि उनलाई नियन्त्रणमा लिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार
त्रिपालमुनि क्षतिग्रस्त र जीर्ण ऐतिहासिक जाजरकोट दरबार
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार