धनकुटामा बाँदर नियन्त्रण गर्न वनमा रोपियो फलफूलका विरुवा
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १६:२२:९
२६ भदौ, धनकुटा । बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा फलफूलका बिरुवा रोप्न सुरु गरिएको छ । किसानका खेतीबाली नष्ट गर्ने क्रममा नरोकिएपछि स्थानीयले बाँदरलाई वनमै रोक्ने उपायस्वरुप वनमा फलफूलका बिरुवा रोप्न सुरु गरिएको हो ।
बिरुवाका लागि कोशी प्रदेश सरकारको १० लाखको सहयोग गरेको छ । डिभिजन जिल्ला वन कार्यालयले ‘प्रदेश वन विकास कार्यक्रम’अन्तर्गत स्थानीयको सहयोग लिएर हालसम्म धनकुटामा आठ हेक्टर अर्थात करिब १५७ रोपनी क्षेत्रमा ७ सात वटा सामुदायिक वनमा विभिन्न नौ जातका १२ हजार सात सय वनजन्य फलफूलका बिरुवा रोपिएको वन कार्यालयले जनाएको छ ।
पाख्रिबास नगरपालिकाको जनता सामुदायिक वन, महालक्ष्मी नगरपालिकाको अर्खौले, छथर जोरपाटी गाउँपालिकाको गोगनपानी, धनकुटा नगरपालिकाको ढोडनी कालीवन र लामाटार, चौबिसे गाउँपालिकाको बुटेनी र सागुरीगढी गाउँपालिकाको जोगीथुम्का सामुदायिक वनमा बिरुवा रोपिएको छ ।
प्रत्येक सामुदायिक वनमा कहटहर, अम्बा, अमला, जामुन, लप्सी, बर्रो, ओखर, हलुवाबेद र चिउरीका एक हजार १२ देखि एक हजार १९ वटासम्म बिरुवा रोपिएको कार्यालयको दाबी छ । जिल्लामा हाल तीन सय ८७ सामुदायिक वन छन् । आगामी वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।
पहाडी क्षेत्रका सबै जिल्लामा रातो बाँदरको संख्या व्यापक मात्रामा बढेको र यसले किसानका खेतीबाली खाएर बस्ती नै विस्थापनको अस्थामा पुर्याएको भन्दै सांसदहरुले बाँदर आतंक नियन्त्रणका लागि सरकारसँग माग गर्दै आइरहेका छन् । संसदकाे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले बाँदर आतंकका नियन्त्रणमा गर्न परिवार नियोजन प्रणाली लागू गर्नुपर्ने बताउँदै आएकी छन् । कानून नहुँदा यो प्रणाली लगाू गर्न सकिरहेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार