चुनावमा गरेको बाचा भुलेको छैन, जिम्मेवारीबाट भाग्ने कुरा हुँदैन : पूर्वमन्त्री भण्डारी
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १६:२५:१८
२६ भदौ, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ–२ का सांसद शङ्कर भण्डारीले चुनावमा जनतामाझ गरेको बाचा नभुलेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–५ नेपालटार र बरबोटेमा आज आयोजित स्थानीयवासीको भेटघाटमा पूर्वमन्त्री भण्डारीले चुनावका बेला बोलेका विकासका योजना पूरा गर्नेतर्फ आफू लागिपरेको बताए।
विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै भण्डारीले जनताको हरेक समस्या समाधानमा सँगै रहेको उल्लेख गरे । उनले भने, “चुनावका बेला बोलेका कुरा अझैपनि मेरो मानसपटलमै छ, जिम्मेवारीबाट भाग्ने कुरा हुँदैन । विकासका काममा मैले सकेको गर्छु ।”
तनहुँ क्षेत्र नम्बर २ मा २८ वर्षपछि कांग्रेसले जितेको र विगतमा जितेका प्रतिनिधिले विकास नगर्दा यो क्षेत्र पिछडिएको उनको भनाइ थियो । भण्डारीले भने, “२८ वर्षसम्म हुन नसकेको काम मैले मेरो पाँच वर्षे कार्यकालमा गर्नेछु ।”
पूर्वमन्त्री भण्डारीले पछिल्लो समय सनातन हिन्दुधर्ममाथि आक्रमण बढेको बताए । उनले यसतर्फ सचेत हुनुपर्ने बताउँदै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिए । सनातन हिन्दु धर्ममाथि आक्रमण बढ्दै गए देश खतरामा पर्ने भएकाले हरेक नेपाली पार्टीभन्दा माथि उठ्नुपर्ने उनले बताए ।
उनले भने, “जात र धर्मका आधारमा नेपाली नेपालीबीच झैझगडा गराउने षड्यन्त्र भइरहेको छ । यो षड्यन्त्रलाई चिरेर अगाडी बढ्नुपर्छ ।”
कार्यक्रममा नेपालटार टोल विकास संस्थाका अध्यक्ष सोमप्रसाद पौडेलले ८४ घरधुरी आबद्ध टोलमा पानीको समस्या रहेकाले यसतर्फ पूर्वमन्त्री भण्डारीको ध्यानाकर्षण गराए । त्यस्तै टोल विकास संस्थाको भवन पहिरोको चपेटामा परेको, टेलिफोन टावर वृद्धि गर्नुपर्ने लगायतका माग उनले राखे ।
बरबोटे टोल विकास संस्थाका अध्यक्ष मानकाजी श्रेष्ठले देउपुरी खोल्सी खानेपानीको ट्याङ्की निर्माण गर्नुपर्ने, साँगे खोलामा पुल निर्माण गर्नुपर्ने माग राखे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार