विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १७:११:१
२६ भदौ, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित दाङ घोराही उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय संजय नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४४ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी शम्भुनाथ नगरपालिका-६ बस्ने १९ वर्षीय शिवम गुप्ता र विराटनगर महानगरपालिका-१४ बस्ने २५ वर्षीय शिवकुमार राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवमलाई २ ग्राम ८ मिलिग्राम र शिबलाई ३६ मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
धादिङको धुनीबेशी नगरपालिका-८ खानिखोलास्थित त्रिभुवन राजपथबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे रोशी गाउँपालिका-८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ थानकोट बस्ने २३ वर्षीय जीवन लामा र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २२ वर्षीय कमल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा.प्र.०२५ प ०५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका(२ झापा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्रामसहित भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ वर्षीय असरफुल हकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बिर्तामोड नगरपालिका-१ कन्चनजंघा टोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँस्थित बिमला होटल एण्ड लज संचालन गरी बस्ने मेचिनगर नगरपालिका-१२ घर भएकी ४० वर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका(७ घर भएका २९ वर्षीय रूजन चौधरी रहेका छन् । बिमलाले लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका-८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार