नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिएपछि शीर्ष नेताले भने, 'आँखाभित्र राखे पनि नबिझाउने मान्छे ’
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १७:४२:५७
२६ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा पुगेका नेताहरूले उनको योगदानमाथि चर्चा गरेका छन् । संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा नेम्वाङले खेलेको भूमिकाको सबैले स्मरण गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेम्वाङकै पहलका कारण संविधान बन्न सकेको बताए । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरमा फूल चढाई प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्ने क्रममा देशले एक सच्चा र इमानदार व्यक्ति गुमाएको बताए ।
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेम्वाङले संविधानसभाको अध्यक्ष रहँदा नेपालकाे संविधान बनाउ ठूलो भूमिका खेलेको बताए । यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरू च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको चर्चा गरे ।
श्रद्धाञ्जली अर्पण गरेपछि विभिन्न दलका नेताहरूले नेम्वाङले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा खेलेको भूमिकाको उच्च सम्मान रहेको धारणा राखेका थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सबैलाई बुझाउन सक्ने शालीन नेता नेम्वाङ रहेको भन्दै उनको निधनले क्षति पुगेको बताए ।
परिवर्तनलाई संस्थागत गर्नका लागि नेम्वाङले खेलेको भूमिकाको उनले स्मरण गरे । त्यस्तै डा. भट्टराईले नेम्वाङको विषयवस्तुको ज्ञान र एकताबद्ध गर्न सक्ने स्वभाव र संविधान निर्माणमा समन्वयकारी भूमिका स्मरणीय रहेको बताए ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सन्तुलित, मृदुभाषी र समस्या समाधान गर्न सक्ने व्यक्तिमा रुपमा स्मरण गरे । संविधान जारी गर्दा नेम्वाङले खेलेको भूमिका अतुलनीय रहेको उनको भनाइ छ । नेकपाका महासचिव नेत्र बिक्रम चन्दले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान गरेको नेता र देशको संरक्षकको निधनले मुलुकलाई क्षति पुगेको धारणा राखे ।
यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको विभिन्न आन्दोलनको शीर्ष नेतृत्व र परिवर्तनलाई संस्थागत गर्न भूमिका खेल्ने व्यक्ति नेम्वाङको निधन दुखद भएको बताए । संविधान जारी गर्ने बेला समन्वयकारी भूमिका खेल्नका लागि नेम्वाङको योगदान सदैव स्मरणीय रहको उनको भनाइ छ ।
माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले मुलुकले परिपक्व नेता र संसद अभिभावक गुमाएको जिकिर गरे । उनले मुलुकको अप्ठेरो अवस्थामा नेम्वाङको भूमिका अपरिहार्य रहेकोमा उनको निधनपछि मुलुकले अभाव महसुस गर्ने बताए । नेम्वाङको ह्दयघातका कारण मंगलबार बिहान निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार