सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयलाई बुझाइँदै
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार ९:५:५१
२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । तीन कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य हिजो साँझ सकिएकाले आज बुझाउने तय भएको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् । आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐन अन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सीआईबीको तयारी छ ।
संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइ सक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।
उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकाेमा स्वास्थ्यका कारण एकजना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन १५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो ७१६ ग्राम फेला परेको थियो ।
विद्युतीय चुरोट (भेप) मा भित्रिएको ९ केजी सुन प्रकरणको मुद्दा भने छुट्टै जाने सीआईबीले जनाएको छ । भेप प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । उनी पनि सीआईबीकै हिरासतमा छन् । भेपमा सुन ल्याउने गिरोहका नाइके दावा जिन वाङसहितका तस्कर भने फरार छन् । ब्रेक शुको सुन प्रकरणमा भने मुख्य अभियुक्त किटान गरिएका एलेक्सलाई राजनीतिक, प्रशासनिक र अन्य संयन्त्रसँग सम्पर्क÷सम्बन्ध बनाउने भूमिका दावा छिरिङले खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
सुन तस्करीकै लागि दावा र उसको कनेक्सनमा रहेको सञ्जालले फर्जी विवरणमा काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी निकालेको पनि भेटिएको छ । तस्करीका केही योजनाकार फरार रहेकाले उनीहरूको हकमा पछि अनुसन्धानबाट खुले बमोजिम हुने गरी मुद्दाको अभियोजन गर्नुपर्ने उल्लेख छ । हालसम्मको अनुसन्धानलाई टुंगोमा पुर्याएर सम्भवतः मंगलबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने सीआईबीको तयारी छ ।
सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेहरूमा रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल, शिवकुमार सराफ, पुष्पा जोशी, कमल परियार र वीरेन्द्र नेपाली छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
रौतहटमा खेतमा लुकाइराखेको अवैध सालको काठ बरामद
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार