विद्यालय शिक्षा विधेयक : शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई दिने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार ११:२४:३०
२७ भदौ, काठमाडौं । सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभामा दर्ता गरेकाे ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा साे अधिकार दिने गरी प्रावधान राखिएकाे हाे ।
स्थानीय तहले आफू अन्तर्गतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था राखिएको छ । सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत तथा माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नु पर्नेछ । सरुवाका लागि शिक्षकले निवेदन दिनुपर्नेछ ।
सरुवाका लागि पठाउन चाहने र स्वीकार गर्न चाहने दुवै स्थानीय तहको सहमति चाहिने व्यवस्था गरिएको छ । रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन भएको वा माग पठाएको अवस्थामा भने सरुवा गर्न नपाइने प्रस्ताव गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
दुई दलीय कार्यदलः सत्तासँग समानान्तर शक्तिको अभ्यास
कात्तिक २२, २०८१ बिहिबार
मुलुकलाई अस्थिरताबाट बचाउन कांग्रेस-एमालेको सरकार
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बनायो सर्वाधिक ‘शो’ को कीर्तिमान
कात्तिक २२, २०८१ बिहिबार
दोलखामा ४.५ रेक्टरको भूकम्प
कात्तिक २२, २०८१ बिहिबार
लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए
कात्तिक २२, २०८१ बिहिबार
चिलिमे–त्रिशूली प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार