सुन तस्करीकाे उद्गम विन्दु हङकङ, तस्करीमा पर्फेक्ट लेयरिङ : सीआईबी प्रमुख बज्राचार्य
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १२:४२:२८
२७ भदौ, काठमाडौं । गत साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६० केजी ६१६ ग्राम सुन तस्करी प्रकरणकाे जालोबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पत्रकार सम्मेलन गरेर विस्तृत विवरण बताएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले सुन तस्करीको उद्गम विन्दु हङकङ रहेको र हवाई मार्गमार्फत काठमाडौंसम्म ल्याइ पुर्याएर भन्सार छली गरेर भित्र्याउने काममा पर्फेक्ट लेयरिङ (तहगत निपुण व्यवस्थापन) गरिएको पाइएको जानकारी दिए । तस्करीमा पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूह सक्रिय रहेकाे पाइएकाे उनकाे भनाइ छ ।
प्रकरणमा विदेशी (चिनियाँ) नागरिकको मुख्य योजना र संलग्न रहेको अनुसन्धानबाट खुलेको उनले बताइन् । विदेशीले नेपालीलाई भरपूर मात्रामा प्रयोग गरेर कार्गोको नाममा सुन तस्करी गर्न नेपालमा रेडी ट्रेडसहित विभिन्न कम्पनी खोलेको पाइएको छ । ठूलो लगानी र नेपालीसँग गहिरो सम्बन्ध बनाएर विदेशी तस्करहरूले नेपाली नागरिकता समेत लिएको खुलेको उनले बताइन् । नागरिकताबाट बनाइएकाे नेपाली राहदानी बाेकेर सहज रूपमा विदेश आउजाउ गरेकाे पाइएकाे छ ।
अनुसन्धानमा प्रहरीले दैनिक १८ घण्टासम्म मेहनत गरेको र सूक्ष्म अनुसन्धान भएको दाबी गरिन् । उनले विदेशी तस्कर र तिनका चुरोसम्म पुग्न नेपालमा केही कानून अभाव रहेको र त्यसमा सुधारको खाँचो रहेको उनले औंल्याइन् । भाषागत समस्याका कारण पक्राउ परेका विदेशी (चिनियाँ)हरुमाथि अनुसन्धानमा केही समस्या आएको उनको भनाइ थियो । हजाराैं संख्यामा चाइनिज भाषामा अडियाे र एसएमएस बरामद भएकाे र त्यसकाे अनुसन्धानमा भाषागत जटिलता परेकाे बताइएकाे छ । अनुसन्धानका क्रममा उच्च प्रविधिको अभाव खड्किएको उनले बताइन् ।
प्रकरणमा निरन्तर अनुसन्धान जारी रहने र संलग्न सबैलाई अन्तरदेशीय प्रहरी संगठनसँग समन्वय गरेर अनुसन्धानको दायरामा ल्याउने उनले बताइन् ।
नेपालकाे कानुन, प्रविधि, चेकजाँचलाई निकै अध्ययन गरेर तस्कर सक्रिय भएकाे अनुसन्धानमा पाइएकाे छ । प्रकरणमा हाल ७ चिनियाँसहित ३१ जना पक्राउ परेका छन् । अन्य १८ जना फरार रहेकाे सीआईबीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार