रोल्पाको कृषिमा प्राथमिकता !
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १२:५८:४६
♦ उमा केसी
२७ भदौ, रोल्पा । कृषि क्षेत्रमा ठूलो लगानी भए पनि प्रतिफल नदेखिएको भन्दै आलोचना भइरहेको बेला रोल्पा नगरपालिकाले भने कृषिमा प्रतिफल देखिने गरी काम अघि बढाएको छ ।
नगरपालिकाले मध्यम स्तरको कृषि जनशक्ति उत्पादन देखि उत्पादनमा आधारित अनुदानसम्मका कार्यक्रम अघि सार्दै कृषकले अनुभूति गर्ने गरेर काम अघि बढाएको छ । कृषि र पशु विज्ञान अध्ययन गर्नेहरूका लागि नगरपालिकाले हरेक वर्ष निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ ।
तीन वर्षे डिप्लोमा तहको पठनपाठनका माध्यमबाट मध्यमस्तरको जनशक्ति तयार भई नगरभित्रको कृषि प्राविधिकको आवश्यकता पूरा हुने नगरपालिकाले अपेक्षा लिएको छ । त्यसका लागि वडा नं १ मेवाङमा रहेको बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने गरेको छ । चालु आर्थिक वर्ष नगरपालिकाले सात जनालाई बाली विज्ञान र सात जनालाई पशु विज्ञानमा छात्रवृत्ति दिन कार्यक्रम अघि सारेको छ ।
नगरपालिकाले वडा नं ३ र ४ लाई दूध पकेट क्षेत्रका रुपमा विकास गर्न अघिल्लो वर्ष ४० उन्नत जातका भैँसी वितरण गरेको जनाएको छ । नगरपालिकाले किसानहरूलाई घरमै प्राविधिक सहायता र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाइएको जनाएको छ । किसानहरूले उत्पादन गरेको दूध सहज खपतका लागि सदरमुकाम लिवाङमा दुग्ध सहकारीसमेत स्थापना गरिएको छ ।
नगरपालिकाको सहजीकरणमा दुग्ध किसानहरूले गत वर्षको पुसमा उक्त सहकारी स्थापना गरेका थिए । सहकारी स्थापना भएयता कृषकहरुले करिब ३० हजार लिटर दूध बिक्री गरेको सहकारीले जानकारी दिएको छ । उक्त दूधको नगरपालिकाका तर्फबाट प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरिएको छ । हालसम्म किसानहरुले करिब रु एक लाख ५० हजार अनुदान लिइसकेका छन् ।
नगरपालिकाले चालु आर्थिक वर्षदेखि वडा नं १ देखि ७ सम्मलाई ‘मिल्क करिडोर’ बनाउने गरि कार्यक्रम तय गरिएको नगरप्रमुख सुरेन्द्र थापा घर्तीले जानकारी दिए । नगरपालिकाले चालु आर्थिक वर्षमा उन्नत जातका ४० गाई वितरण गर्ने योजना अघि सारेको छ । त्यसका लागि नगरपालिकाले रु ४० लाख बजेटसमेत विनियोजन गरेको जनाएको छ । किसानले उत्पादन गरेर बढी भएको दूध जिल्लाबाहिर लैजान नगरपालिकाले सहजीकरण गर्नेसमेत नगर प्रमुख घर्तीमगरले जानकारी दिए ।
कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागि कृषि हाट बजारसमेत सञ्चालनमा आएको छ । केही समय कर्मचारी मिलन केन्द्र नजिकै स्थापना गरिएको उक्त हाट बजार केही दिनयता हाट बजार केन्द्रबाटै सञ्चालन भइरहेको छ । हाट बजार सञ्चालन भएयता कृषकहरुले झन्डै ५० हजार किलो तरकारी बिक्री वितरण गरेका छन् ।
व्यवसायिक किसानहरूलाई प्रोत्साहित गर्न नगरपालिकाले तरकारीमा प्रतिकिलो रु पाँच र केरामा प्रतिगोटामा रु दुईका दरले ढुवानी अनुदान दिने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा चिस्यान गुह निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । त्यसका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजनसमेत गरेको छ ।
यसका साथै कृषि एम्बुलेन्स खरिदका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ । यसै वर्ष देखि कृषि उपजको समर्थन मूल्य कायम गरि नगरपालिकाबाटै खरिद, भण्डारण तथा बजार व्यवस्थापनको प्रबन्ध मिलाउने नगरपालिकाको भनाइ छ ।
विदेशबाट फर्केका ४२ युवालाई स्वदेशमै स्वरोजार बनाउने कार्यक्रमसमेत नगरपालिकाले अघि सारेको छ । कृषि र पशुजन्य क्रियाकलापबाट स्वरोजगार बनाउँदै उद्यमशील बनाउन नगरपालिकाले अघिल्लो वर्ष रु १७ लाख २० हजार अनुदान वितरण गरेको थियो । पहिलो चरणमा ३२ युवालाई तीनदिने व्यावसायिक पशुपालन तालिम प्रदान गरेको नगरपालिकाले जनाएको छ । बाख्राको नस्ल सुधारका लागि नगरपालिकाले ५० बोयर बोका किसानलाई वितरण गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार