कोदो र धानमा किरा लागेर बाली नष्ट
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १३:४१:५६
२७ भदौ, बलेवा 'बागलुङ' । बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा किरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् ।
बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकिरा लागेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए । “समस्या आएपछि हामीले ११ वडामा पुगेर स्थलगत निरीक्षण गरिसकेका छौँ”, लामिछानेले भने, “तत्काल उपचारका लागि विषादी र औषधी माग गरिसकेका छौँ ।” उनका अनुसार कोदो बालीमा खुम्रे किरा, गवारो र ढुसीजन्य रोग देखिएको हो ।
त्यस्तै धान बालीमा पनि यो समस्या देखिएको हो । वडा नं ४, ५, ६, ७, ८ र ९ मा खुम्रो किराको प्रकोप बढी छ भने वडा नं ६, ७ र ८ मा गवारो रोगको प्रकोप भेटिएको हो । वडा नं। ४, ५, ६, ७, ८, ९, १० र ११ मा ढुसीजन्य समस्या देखिएको हो । धानमा ती रोगबाहेक सिथ ब्लार्ट, ब्लाष्ट, रुट नट जस्ता समस्या पनि देखिएको हो ।
नगरपालिकाले किसानका लागि किङ स्टार नामक विषादी एक सय ७० पोका, हेक्जाक्लोनोजोल नामक विषादी ४८ पोका, लेभिष्टिन चार पोका र ट्राइसाइक्जोल ९९ पोका वितरण गरेको सापकोटाले बताए। त्यस्तै स्टिकर नामक विषादी झोल एक सय १० बोतल र कार्टाप हाइड्रोक्लोराइड एक सय सय ६३ किलो ल्याएर किसानलाई पठाइसकिएको बताए ।
कोदो बालीमा देखापरेको ढुसीजन्य रोगको उपचारका लागि समस्या पहिचान गर्न प्रयोगशाला परीक्षण गर्न बाली संरक्षण प्रयोगशाला पोखरामा नमूना पठाइएको अर्का प्राविधिक राहुल केसीले बताए । “हरेक दिन किसानको फोन आएको छ, त्यसैले हामीले खेतमा पुगेर समस्या बुझेका छौँ”, उनले भने, “समयमा उपचार गर्न नसकेमा आगामी वर्ष उत्पादनमा समेत समस्या पर्ने देखिन्छ ।”
उनले नगर प्रमुख र प्रमुख, प्रशासकीय अधिकृतमार्फत गण्डकी प्रदेश सरकारका कृषि मन्त्रीसम्म यो समस्या पुगेको बताए । मन्त्री महेन्द्रध्वज जिसीले पनि तत्काल अनुसन्धान गर्न र आवश्यक औषधी पठाएर उपचार गर्न प्राविधिकलाई निर्देशन दिएकाले औषधी आउने क्रम रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।
“धेरै किसानबाट यो समस्याबारे कुरा आएपछि मन्त्रीज्यूलाई फोन गरेर तत्काल औषधि पठाउन आग्रह गरेको छु”, श्रेष्ठले भने, “प्राविधिक रुपमा आवश्यकताका आधारमा माग गर्न भन्नुभएकाले कृषि शाखालाई सोहीअनुसारको औषधि माग गर्न लगाएको छु ।” केही स्थानमा आफैँ पुगेर पनि किसानको बाली अनुगमन गरेको उनले बताए ।
यस वर्ष बर्सातमा आएको उतारचढाव तथा समयमा रोप्ने काम गर्न नपाउँदा पनि धान बालीमा समस्या आएको प्राविधिकले बताएका छन् । “समय समयमा रोगकिरा त लाग्छ, तर समयमा रोप्ने र पर्याप्त सिँचाइ भएन भने धानमा समस्या आउँछ”, सापकोटाले भने, “तर पनि किसानलाई निरास हुन नदिन सबै प्रयास भएका छन् ।” समयमा उपचार गरेमा बाली जोगाउन सकिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार