सभापति देउवा र महामन्त्रीद्वय दुई ध्रुवमा बाँडिएका कारण कांग्रेस पार्टीमा विग्रह आयोः शेखर कोइराला
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १३:५०:२
२७ भदौ, धुलिखेल । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालले पार्टीका सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएको बताएका छन् । उनले सभापति र महामन्त्री एक भएर काम गर्न नसक्दा पार्टीका बिग्रह आएको दावी गरेका छन् । सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनु कांग्रेसका लागि दुर्भाग्य भएको उनको भनाइ छ ।
बुधबार बीपी स्टडी युथ सर्कलले धुलिखेलमा गरेको कार्यक्रममा रुल बाई रुल नभएकाले पार्टी चल्न नसकेको र यस विषयमा नेताहरुले पनि सोच्न नसकेको बताए । उनले सभापतीय प्रणाली हो भने त्यै हिसाबले चल्नु पर्ने र हैन भने अरु उपाय खोज्नु पर्ने । उनले पार्टी सञ्चालनका लागि गम्भरी भएर सोच्नुपर्ने बेला आएको बताए ।
बीपी कोइरालाको समयमा पार्टी सभापति सिस्टममा चल्ने गरेको भन्दै नेता कोइरालाले सभापति प्रणाली हो भने पार्टी त्यसरी नै चल्नुपर्ने र बहुपदीय सिस्टममा पार्टी चल्ने भए त्यसरी नै चल्नुपर्ने बताए । अहिले पार्टीभित्र सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टीमा विग्रह आएको उनले बताए ।
‘सभापति प्रणाली हो भने त्यो हिसाबले हिँड्नुपर्यो । नभए अर्कै कुनै उपाय खोज्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । अहिले बहुपदीय भनिएको छ । बहुपदीयलाई खराब त भन्दिनँ, तर मिलेको छैन । यसले हामीलाई बिगारेको छ,’ उनले भने ।
उनले पार्टी र सरकार पारदर्शी बन्नुपर्ने धारणा राखे । साथै, कोसी प्रदेशमा धार्मिक दंगा फैलन सक्ने डर बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । प्रधानमन्त्रीका अभिब्यक्तिले पनि बिद्रोह खडा गर्ने स्थिति पैदाए भएके बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार