भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले गर्याे काठमाडौंमा प्रदर्शन
विराेधसभालाई अध्यक्ष लिङदेनले सम्बाेधन गर्ने
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १४:५५:४८
२७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचार काण्डको पूर्णछानबिनको माग गर्दै बुधबार काठमाडौंमा र्यालीसहित बृहत विरोध प्रदर्शन गरेको छ । उसले गौ हत्याको विरोध समेत गरेको छ ।
भृकुटीमण्डपबाट सुरु भएको विरोध र्याली रत्नमापर्कमा पुगेर सभामा परिणत हुनेछ । र्याली सहभागीहरुले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीको माग गरेका छन् । प्रदर्शन उपत्यका केन्द्रित रहेकाे राप्रपाले जनाएकाे छ ।
प्रदर्शनकारीहरूले न्यायिक सम्पादन प्रक्रियालाई चुस्त र छरितो बनाउने, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र लम्पी स्किनका पीडितलाई राहत प्रदान गर्न माग गरेका छन् । प्रदर्शनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरूको पनि सहभागिता रहेका छन् ।
रत्नपार्कको विरोध सभालाई पार्टी पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लागयत नेताहरुले सम्बोधन गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा संसदकाे पाँचाै शक्ति हाे । तर उ सरकारमा सहभागी भएको छैन । राप्रपा राजासहितकाे गणतन्त्रकाे पक्षमा वकालत गर्दै आइरहेकाे राजनीतिक दल हाे ।
सरकारले पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी, ललितानिवास जग्गा हिनामिना र सुन तस्करी काण्डको फाइल खोलेर छानबिन गरिरहेको छ । शरणार्थी र जग्गा हिनामिनामा अनुसन्धान सकिएको छ । शरणार्थीमा कांग्रेस र एमालेका नेता, रकारका सचिवसहित दर्जन बढी व्यक्तिहरु जेल परेका छन् । जग्गा हिनामिनामा भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङसहित १७ जना हालै मात्र धरौटीमा रिहा भएका छन् । अन्य झण्डै तीन सय जना फरार छन् ।
६० केजी सुन तस्करी काण्डमा ७ जना चिनियाँसहित ३२ जना पक्राउ परेका छन् । १८ जना फरार छन् । उनीहरुविरुद्ध छिट्टै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदैछ । मुद्दा चलाउन प्रहरीले आजै मात्र जिल्ला सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ ।
यस्तै, सरकारले यति होल्डिङ, झापाको गिरि बन्धु टी स्टेटको ३४२ बिगाह जग्गा हिनामिना, वाइड बढी, ओम्नी काण्ड लगायत भ्रष्टाचारका ठूला फाइल पनि खोल्ने तयारी गरेको बताइएको छ । यस्तो अवस्थाबीच काण्डहरुको पूर्ण छानबिन माग गर्दै राप्रपाले सडक प्रदर्शन सुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार