सुन प्रकरणका अभियुक्तलाई सरकारी वकिलको कार्यालय लगियो
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १५:४६:३९
२७ भदौ, काठमाडौं । ६० किलो सुन प्रकरणका अभियुक्तलाई रामशाह पथस्थित काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को कार्यालयबाट दुई वटा गाडीमा राखेर सुन प्रकरणका ३२ अभियुक्तलाई माइतीघरस्थित सरकारी वकिलको कार्यालय पुर्याइएको हो । सीआईबीले अभियुक्तहरुको बयान (वकपत्र) समेटिएको प्रतिवेदन कार्यालयमा आजै बुझाएको छ ।
३२ जना अभियुक्तमध्ये ७ जना चिनियाँ छन् । जिल्ला अदालतमा मुद्दा चलाउन अभियुक्तहरुलाई वकिलको कार्यालयमा उपस्थित गराउने व्यवस्था छ । प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आउँदाे आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । मुद्दा दर्ता गर्दा कार्यालयले अभियुक्तलाई प्रतिवादी बनाउँछ ।
गएको साउन २ मा भन्सार विमानस्थल भन्सार छलेर भित्र्याइएको तस्करीको ६० केजी ७१६ ग्राम सुन प्रकरणमा प्रहरीले ५० जनालाई प्रतिवादी बनाउन प्रतिवेदन दिएको छ । १८ जना फरार सूचीमा राखेर खोजी गरिरहेको छ । फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार