सोनापुरको थप १४ लाख ४६ हजार कित्ता शेयर सर्वसाधारणलाई जारी हुने
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १६:०:९
२७ भदौ, काठमाडौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले स्थानीयलाई निष्कासन गरिएको कुल १५ लाख ३७ हजार ५२५ कित्तामध्ये ९१ हजार ३० कित्ताका लागि मात्र आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबारसम्म ४५८ जनाले आवेदन दिएका छन् । उनीहरूले २ करोड ४ लाख ८१ हजार ७५ रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।
यता, स्थानीयलाई निष्कासन गरिएको १४ लाख ४६ हजार ४९५ कित्ता सेयर बिक्री हुन अझै बाँकी रहेको छ । अब बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आज कार्यालय समयभित्र मात्र आईपीओमा आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो । सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको हो ।
यसले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २२५ रूपैयाँको दरले उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरेको हो । उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन मिल्ने थियो । स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस इस्यूआर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार