विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १६:१५:४४
२७ भदौ, काठमाडौं । देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी चामुण्डा मन्दिर नजिक गल्लीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, नोर्फिन ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र नगद ५५ हजार रूपैयाँसहित सोही नगरपालिका-६ जोरपाटी बस्ने सर्लाही हरिवन नगरपालिका-५ घर भएका ३९ वर्षीय गुलाम मन्सुलीसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाको बाह्रदशी गाउँपालिका-४ बस्ने २६ वर्षीय सल्मान आलमलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३० केजीसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२४ बस्ने ३३ वर्षीय संगम गुरूङ र बारा सुवर्ण गाउँपालिका-२ कबहिगोठ बस्ने १५ वर्षीय किशोर रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना।१ ज ३६७७ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सिटमुनी ४ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक संगम र सुमोमा सवार किशोरलाई पक्राउ गरेको हो ।
मोरङकाो बिराटनगर महानगरपालिका-१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीलाई देख्नासाथ को।१७ प ८६३ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकलमा रहेको झोला जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
गरगहना चोरीमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
करिब २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार