सुन तस्करीमा पक्राउ परेका अभियुक्तहरूलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १७:३:३८
२७ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप ४ दिन म्याद दिएको छ ।
पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याद थपका लागि अदालतमा पेस गरेको थियो । सीआईबीले उनीहरुमाथि गरेको विस्तृत अनुसन्धान प्रतिवेदन मुद्दा चलाउने प्रयोजनका लागि जिल्ला सरकारी वकिलको कार्यालयलाई आजै मात्र बुझाएको छ । बुझाउने क्रममा अभियुक्तिहरुलाई रामशाह पथस्थित वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।
सीआईबीले सुन प्रकरणमा ७ जना चिनियाँसहित ५० जनालाई मुद्दामा प्रतिवादी बनाउन राय दिएको छ । दुई जना विदेशीसहित १८ जना फरार रहेको जनाएकाे छ ।
प्रतिवेदन प्राप्तिसँगै वकिलको कार्यालयले आउँदो आइतबार प्रतिवादीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार