आयल निगमका डिपो प्रमुखविरुद्ध पक्राउ पुर्जी
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १८:१३:२८
२७ भदौ, काठमाडौं । नेपाल आयल निगम लिमिटेड (एनओसी)को गण्डकी प्रादेशिक कार्यालय, कास्की गगनगौंडाको प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
डिजेल अपचलनको आरोप लागेदेखि फरार रहेका निगमको प्रादेशिक कार्यालय कास्कीका प्रमुुख चित्तरञ्जन दासविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो । अपचलनको घटना बाहिरिएपछि उनलाई निगमले निलम्बन गरिसकेको छ ।
अपचलन कसुरमा सरकारी वकिलको कार्यालय कास्कीले दास र अन्य ३ जना व्यवसायीविरुद्ध बिगो दाबीसहित मुद्दा दर्ता गरिसकेको छ । दासलाई कम्तीमा ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना र अन्य ३ जना व्यवसायीलाई जनही ३ वर्ष जेल सजाय वा ३० हजार जरिवाना वा दुवै सयाजको माग दाबीसहित मुद्दा दर्ता भइसकेको छ ।
पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेल, गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकर चालक निर्मल थापा धरौटीमा रिहा भइसकेका छन् ।
गत २५ साउनमा पोखरा डिपोबाट १२ हजार लिटर डिजेलको पैसा तिरेर निस्केको ग२ख ८३६ नम्बरको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो । १२ हजार लिटरको बिल काटेर दासले १५ हजार लिटर डिजल उपलब्ध गराएको पाइएको थियो । चोरी भएको उक्त डिजलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ दाबी गरिएको छ ।
तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन (चोरी÷बिक्री) गरेको घटनामा प्रहरीले विस्तृत अध्ययनपश्चात तत्कालीन डिपो प्रमुखको पनि संलग्नता देखिएको थियो । त्यसपछि अनुसन्धान सुरु गरेदेखि उनी फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार