बलात्कारका आरोपी ‘सिद्धबाबा’ले फेरि पाए सफाइ
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १८:२८:४७
२७ भदौ, काठमाडौं । सिद्धबाबा भनिने कृष्णदासलाई महिला अनुयायी माथि जबरजस्ती करणी (बलात्कार) कसुर मुद्दामा जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।
जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार सो मुद्दाबाट दासलाई सफाइ दिने निर्णय गरेको हो । अभियोग दाबी नपुगेकाले मुद्दामा सफाइ दिएको सुनसरी जिल्ला अदालत प्रशासनले जनाएकाे छ ।
गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ फैसला दिँदा उक्त फैसला बदरका लागि उच्च अदालत विराटनगरमा परेको पुनरावेदनमाथि सुनुवाइ हुँदा फैसला उल्टिएको थियो ।
३ जेठ २०७९ मा उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले मुद्दामा सफाइ दिने जिल्लाको फैसलामा गम्भीर त्रुटि देखाउँदै पुन प्रमाण बुझेर न्याय निरुपण गर्न आदेश दिएको थियो । आदेशपछि मुद्दा जिल्लामै फर्किएको मुद्दा जिल्लामा २०७९ असार १४ गते पुनः मुद्दा दर्ता भएको थियो । त्यसपछि जिल्ला अदालतमा पुनः दर्ता भएको मुद्दा आज भएको सुनुवाइपछि पुनः सफाइको फैसला भएको हो ।
२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले जबरजस्ती करणी गरेको पीडितले दाबीसहित २०७६ मङ्सिर ११ गते किटानी जाहेरी दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार