सेलेघाट–रामेछाप–साँघुटार सडकको काम अलपत्र, जोखिमपूर्ण यात्रा गर्न बाध्य
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १८:४४:१९
२७ भदौं । रामेछाप । निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि सो सडकमा गुड्ने यात्री र यातायात साधनले सास्ती खेप्नु परेको छ । सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारी छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रबाट काठमाडौं आउजाउ गर्ने यातायात साधन जोखिममा परेका छन् ।
रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु किनारको साँघुटारबजासम्म पुग्ने करिब ५० किलोमिटर लामो सो सडक निर्धारित समयमा नबन्दा यात्रीहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य छन्। अहिले सडकमा जथाभाबी खनेर छाडिएका कारण यातायात साधन चिप्लिएर चल्नै नसक्ने भएका छन् । ‘सडक जथाभाबी खनेर छाडिएको छ, चिप्लिएर यातायात साधन चढ्नै नसक्ने अवस्था छ, कहाँ गएर ठूलो दुर्घटना हुने हो थाहा छैन’, रामेछाप नगरपालिका–२ देउरालीका रामबहादुर बुढाथोकीले भने ।
भारतीय एक्जिम बैङ्क मार्फत बन्ने सो सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ । सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो । तर निर्धारित समयमा ४० प्रतिशत काम पनि नभएपछि सोही कम्पनीलाई फेरी १७ महिनाको म्याद थप गरिएको छ ।
सडक जताततै भत्काएर छाडिदिँदा सडक मुनिका बस्ती समेत जोखिममा परेका छन् । सडक खन्दा निर्माण व्यवसायीले व्यक्तिको जग्गा र घर–गोठ माथिबाट समेत ढुङ्गा–माटो झारिदिएर अन्याय गरेको रामेछाप नगरपालिका–३ साँघुटारका स्थायी बासिन्दा समेत रहेका नेकपा एमाले जिल्ला कमिटी रामेछापका उपसचिव होतराज ढकाल बताउँछन् । ‘जताततै भत्काएर छाडिएको सडकले कतिपयको खेतीयोग्य जमिन पुरेको छ, कतिपयको घर–गोठ उठिबास लाग्ने अवस्था छ’, उनले भने । रामेछाप नगरपालिका उपप्रमुख बालाकुमारी कार्की बारम्बार निर्माण कम्पनीलाई ताकेता गर्दा पनि कामले गति नलिएको बताउँछिन् । आयोजनाको कारण जनप्रतिनिधिले समेत खप्की खानु परेको उनले बताइन् ।
काठमाडौं र तराईबाट रामेछापको सालु, देउराली, साँघुटार लगायता क्षेत्रका साथै दोलखाको लिखु, घोराखोरी लगायतका क्षेत्रमा जाने यातायात साधन यही सडक भएर चल्दछन् । निर्माण कम्पनीले बाटो बिगारेको कारण साँघुटारदेखि सालुसम्म यातायात साधनहरू घण्टौँ फस्ने गर्दछन् । यसरी फसेका गाडी यात्रुहरूले घण्टौँसम्म डोरी लगाएर तान्ने गर्दछन् । निर्माण व्यवसायीले भने समयमा काम गर्न अटेर गरेर नागरिकलाई सास्ती दिँदै जोखिम पूर्ण यात्रा गर्न बाध्य बनाइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार