मन्त्री ज्वालाबाट सुमन सापकोटासहित चार जना सञ्चारकर्मी सम्मानीत
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १८:५०:५२
२७ भदौ, काठमाडौं । चौथो जिनियस म्युजिक अवार्ड २०७९ बाट चारजना सञ्चारकर्मी सम्मानित भएका छन् । काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित चौथो जिनियस म्युजिक अवार्ड वितरण समारोहमा सञ्चारकर्मीहरू सुमन सापकोटा, राम थापा ‘अविरल’, कृष्ण भुसाल र विष्णु सुवेदीलाई पत्रकारिता सम्मानबाट विभूषित गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले उनीहरूलाई दोसल्ला, फूलमाला र सम्मानपत्रले सम्मानित गरेका हुन् । सोही अवसरमा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घ साधनाबाट सम्मान गरिएको थियो ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालीले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो ।
यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले चौथो संस्करण सम्पन्न गरेको हो ।
कलाका साथै अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको समारोहमा विभिन्न ४३ विधामा गीत संगीतका स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोक तथा दोहोरी, गजल, आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौंको अवलोकन भ्रमणमा
कात्तिक २८, २०८१ बुधबार
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
कात्तिक २७, २०८१ मंगलबार
नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार