मेरो रोल मोडेललाई 'फादर्स डे' को शुभकामना..........
कुसुम सेञ्चुरी
भदौ २८, २०८० बिहिबार ११:२०:४४
२८ भदौ, काठमाडौं । आज बुबाको मुख हेर्ने दिन । सनातन हिन्दु परम्परामा कुशे औँशी भाद्र महिनाको अमावस्या(औंशी)का दिन मनाइने पर्व हो । यस दिनलाई कुशे औंशी, पितृ तर्पणी औंसी र गोकर्ण औंशी पनि भनिन्छ ।
आजको दिन बुबालाई मीठा मीठा खानेकुरा खुवाएर र उपहार दिएर बुबाको सम्मान, सम्झनामा बुबाले गरेका त्याग, समर्पण र मायालाई स्मरण गर्दै बुबाको मुख हेर्ने दिनका रुपमा यो पर्व मनाइन्छ । यस दिनमा बुबा नभएका व्यक्तिहरूले आफ्नो बुबाको सम्झनामा श्राद्ध, पिण्डदान साथै पण्डितलाई सिदा, लुगा वा आफूखुशी दान दिने गर्दछन ।
यस दिनमा कुशलाई घरमा ल्याउने चलन छ । त्यसैले पनि यस दिनलाई कुसे औंशी भन्ने गरिन्छ । कुशलाई घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घर घरमै यही कुशे औंशीमा पुर्याउँछन् र यजमानहरुले पनि सिधा दक्षिणा आदिद्वारा पुरोहितलाई सम्मान गर्छन् । हिन्दु धर्मको दैनिकी र संस्कारहरु अन्त्यन्तै वैज्ञानिक मानिन्छन् ।
मेरो पावर हो बुबा
आज बुबाको मुख हेर्ने दिन मेरो रोल मोडेललाई 'फादर्स डे' को शुभकामना । आज तपाई भौतिक रुपमा हामी माँझ नरहे पनि बुबा तपाईले छोराछोरीका लागि गरेको त्याग अझै पनि मानसपटलमा ताजै छ । तपाई मेरो लागि कति प्रिय र मूल्यवान हुनुहुन्छ, तपाईलाई मात्र थाहा छ ।
बुबा सायद शब्दले मात्रै व्याख्या गर्न सकिँदैन । यो एउटा सत्य शक्ति हो । तपाईसँग मेरो भावना र भरोसा गहिरो रुपमा जोडिएको छ । तपाईले छोराछोरीका लागि गरेको दुखकष्ट यहाँ भनेर साध्य छैन । न यहाँ लेखेको कुरा तपाईले न हेर्न सक्नुहुन्छ, न पढ्न । न त सुन्न । तपाई आमा, म लगायत परिवारलाई छोडेर भगवानको घर गएको धेरै बर्ष बितिसक्यो । बस ! आज विशेष दिन त्यसैले तपाईलाई मनैदेखि नै सम्झिने प्रयास गरेकी छु । मेरो प्यारो बुबा तपाई मेरो जीवनकै रोल मोडल हुनुहुन्छ । मेरो पहिलो हिरो नै तपाई हाे ।
यतिका शब्दले बयान गरिसकेपछि जसले सन्तानलाई माया र संरक्षण मात्र होइन संघर्ष पनि गर्न सिकाउँछ । हिँड्दा–हिँड्दै ठेस लाग्दा हामी ऐया बाबा भन्छौं । यो शब्दभित्रबाट अनायासै निस्कन्छ । मानौं यो एउटा पावर हो, तपाई पनि मेरो लागि यही पावर हाे बुबा । जसबाट हामीलाई ठेस लागेको सहँदै अगाडि बढ भन्ने गजबको प्रेरणा प्राप्त हुन्छ र अगाडि बढ्ने साहस मिल्छ । आमाको ममताबाट हुर्किने बच्चा बुबाको संघर्ष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ब्रह्माण्ड भन्दा व्यापक छ । ताते–ताते गरेर हिँड्न सिकाउने देखि छोरा-छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने संसारका तपाई जस्तै बुबाहरूलाई आजको दिनको धेरै शुभकामना छ हैं ।
बुबा संसारकै उत्कृष्ट व्यक्ति हुन । यथार्थमा सन्तानका लागि पलपलमा हारिरहेका हुन्छन् बुबा । बुबा बरु हरुवा बन्छन्, तर सधैं हाँसिरहन्छन् त केवल तिनै सन्तानका लागि । हुन त माता–पिता शब्दकाे व्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे होस् आमा-बुवा नै यस जगतका देख्न सकिने भगवानहरू हुन् । विलियम शेक्सपियरकाे भनाइ छ कि जब बुबाले सन्तानलाई केही दिन्छन् तब बुबा र सन्तान दुवै हाँस्छन् । तर जब सन्तानले बुबालाई केही दिन्छन्, तब बुबा र सन्तान दुवै रुन्छन् । साच्चै यो भनाइले नै पूर्ण गराउँछ कि सन्तानका लागि बुबा कति पावरवाला हुन्छन् भनेर । आज बुबाको मुख हेर्ने दिन मेरो रोल मोडेललाई फादर्स डे' को शुभकामना....ल ।
मैले मेरो बुबाले गरेको मेहनत राम्रोसँग देखेकी छु । बुबा बिहानमै हलगोरु, कोदालो, हलो, फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुबाको लागि आमाले पकाएको खाना बोकेर खेतमा लग्थे । म भ्याकुता जस्तै बुरुक बुरुक उफ्रिन्थे, हातको सबै खाजा पोखिएर सबै एकै ठाउँमा हुँदा पनि तिमी त्यही खाना छोरीले बोकेर ल्याएको भन्दै खाना खाँदै पसिना नै पसिनाले भिजेको शरीर शिरको टोपीले पुछ्ँदै खाइरहेको अझै पनि याद ताजै छ बुबा ।
म लगायत दिदी र दाईहरुलाई हुर्काउँदा जति नै दुःख भए पनि तिम्रो आँखा भिजेको कहिल्यै देखिन मैले बुवा । तिम्रो न कुनै दराज छ, न कुनै मधुस, यति धेरै दुख तिमीले कहाँ लुकाएर राख्यौ मेरो रोल मोडल ? कहिल्यै मैले देखिन, त्यसैले त तिमी मेरो पावर हौँ । सन्तानको भविष्य उज्यालो होस् भनेर दुनियाँसँग तिमी कति झुकेउ थाहै भएन । आज तिमी मेरो साथमा भएको भए म कहाँ पुग्थे होला बुबा । त्यसैले बुबा संसारकै उत्कृष्ट व्यक्ति हुन ।
पछिल्लो समय त भावनात्मक सम्बन्ध पनि देखावटी बन्न थालिसकेको छ । तर, यसलाई संस्कृति वा परम्परा भन्दा पनि फेसनका रुपमा बढि भड्किलो हिसाबले प्रदर्शन गर्ने चलन खुबै बढेको छ । खासगरी सामाजिक सञ्जालमा बुबासँगको सेल्फी तथा बुबालाई उपहार दिएको फोटो राखेर बनावटी पिता प्रेम प्रदर्शन गर्ने अभ्यास सुरु भएको छ, त्यसैले कुशे औंशीको महिमा गिराएको तर्क गर्नेहरूको जमात पनि बढ्दैछ । फेसबुक, ट्विटर र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा बुबासँगको सेल्फी राखेर ‘ह्यापी फादर्स डे’ ‘मेरो पहिलो गुरु’, ‘मेरो पहिलो माया’ लगायतका स्टाटस लेखेर फेसन गर्नु भन्दा यसलाई सांस्कृतिक रुपमै आ–आफ्नो परम्परा अनुसार मनाउनु उचित हुन्छ ।
आदर्श सन्तानका लागि बुबाको मुख हेर्ने दिन मात्रै होइन, प्रत्येक दिन बुबाको सम्मानका लागि हुनुपर्छ । चार्डको विशेष महत्व त हुन्छ । तर, भावना हरेक दिन एकै हुनुपर्छ । आमा धर्ती हुन भने बुबा आकाश हुन् । समाज र परिवारमा बुबाको दायित्व र योगदानलाई पनि सम्झिने संस्कृतिको विकास गर्नुपर्छ । अमेरिकाका प्रसिद्ध कवि रोबर्ट फ्रोस्टले भनेका छन् –‘आमाको माया पाउन तिमी योग्य हुनु पर्दैन तर, बाबुको माया पाउनका लागि तिमी योग्य हुनैपर्छ ।’ हो आमाले सन्तानलाई माया गर्नुमा भावनात्मक सम्बन्ध रहन्छ तर, बाबुले सन्तानलाई माया गर्नुमा केही स्वार्थ रहन्छ । त्यो स्वार्थ भनेकै सन्ततिको उज्जवल भविष्य हो ।
सन्तानको आदर्श, पथ–प्रदर्शक, प्रगतिको कारक, हौसलाको स्रोत र आमाको सौभाग्य मात्रै होइन बुबा सृष्टिको पहरेदार पनि हो । हिन्दु ग्रन्थ अनुसार गुरु, माता र पितालाई भगवानको मानव रुप मानिन्छ । बुबा पिता अनेक शब्द तर रुप एक हुन् । रक्षक, पालनकर्ता, जन्म र कर्म दिने र संसार चिनाउने व्यक्तिलाई बुबाको रुपमा परिभाषित गरिन्छ ।
आज बुवाको मुख हेर्ने दिन बुवाले गरेका त्याग, समर्पण र मायालाई विशेष रुपमा सम्झिने सु–अवसर हो । जन्मदेखि सन्तानको लालनपालन तथा उज्ज्वल भविष्यको लागि बुवाले गरेका संघर्षलाई असल छोराछोरीले सम्झिने दिन हो आज । आफ्नो छोराछोरीको खुशीका लागि एउटा बाबुले यति धेरै संघर्ष गरिरहेका हुन्छन्, एक दिन मुख हेरेर त्यसको क्षतिपूर्ति कदापि हुन सक्दैन । बुवाको मुख हेर्ने दिनको सबै जनामा शुभकामना । अनि मेरो सुपर पावर मेरो रोल मोडेललाई पनि धेरै धेरै शुभकामना साथै धेरै माया बुबा........।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपजनता थप मारमा पर्ने खतरा, अर्थतन्त्रमा किन भएन सुधार ?
मंसिर २६, २०८१ बुधबार
धर्म, कमाई र मनोरञ्जनका प्रतीक–गढीमाई मेला
मंसिर २३, २०८१ आइतबार
स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार