एसिया कप क्रिकेट : फाइनलका लागि पाकिस्तान र श्रीलंका भीड्दै
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार ११:३५:३४
२८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको फाइनलमा स्थान बनाउन आज पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल श्रीलंकामा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे हुँदैछ । आजको खेल फाइनल प्रवेशको अन्तिम खेल हो ।
सुपर फोरमा बंगलादेशलाई हराएर सेमी फाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । यस्तै श्रीलंका भारतसँग पारजित भएर पनि यहाँ आइपुगेको हो । रन रेटका आधारमा श्रीलंकाले पाकिस्तानसँग खेलमा प्रतिस्पर्धा गर्ने मौका पाएको हो । श्रीलंका र पाकिस्तानको अंक समान भए पनि नेट रनरेटका आधारमा श्रीलंका अगाडि छ ।
भारत फाइनलमा पुगिसकेको छ । तैपनि उसले बंगलादेशसँग खेल्नेछ । उक्त खेल औपचारिक मात्रै हुनेछ । किनकि अंकको हिसाबले बंगलादेश सुपर फोरबाट बाहिरिइसकेको छ ।
आजको खेलमा पाकिस्तानलाई हराउन सके श्रीलंकाले फाइनलमा स्थान पक्का गर्नेछ । बिहीबारको खेल वर्षाका कारण आजको खेल रद्द भएमा श्रीलंका स्वतः फाइनल पुग्नेछ । आजको खेलका लागि रिजर्भ डेको व्यवस्था छैन । आज खेलको समयमा वर्षाको संभावना रहेको देखाइएको छ ।
एसिया कप खेल खेल्न भारत पाकिस्तान नजाने भएपछि खेल पाकिस्तान र श्रीलंकामा आयोजना भइरहेको छ । पाकिस्तान र भारत एसियामा एकापसमा दुश्मनी भाव राख्ने मुलुकका हुन् । कप खेल नेपालले पाकिस्तानसँग पाकिस्तानकाे मुल्तान रंगशाला र भारतसंग श्रीलंकाकाे पलेके रंगशालामा खेलेर देश फिर्ता भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार