सिटिजन लाइफ इन्सुरेन्सको आईपीओ बाँडफाँट हुँदै, ९ लाख जनाले मात्र शेयर हात पार्ने

नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार ११:४१:१२
२८ भदौ, काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको आईपीओ आज बिहीबार (भदौ २८ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउँसो २ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट भदौ २५ गते सम्पन्न भइसकेको छ ।
यता, सिटिजन लाइफको आइपीओ हात पार्न भाग्यकै भर पर्नु पर्नेछ । यसमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख १० हजार ६९३ जनाले कुल १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।
जसमा ९ लाख जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रूपैयाँ प्रिमियम थप गरेर २४४ रूपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओमध्ये १०५ अर्थात् ११ लाख २५ हजार कित्ता शेयर यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
त्यस्तै, ५५ अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर कर्मचारी र अर्को ५% (५ लाख ६२ हजार ५०० कित्ता) शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारणलाई खुला गरिएको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट ?
भदौ २८, २०८० बिहिबार
भोली सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिने
भदौ २७, २०८० बुधबार
सिटिजन लाइफ इन्स्योरेन्सको प्रि-अलोटमेन्ट सम्पन्न, आईपीओ बाँडफाँट कहिले ?
भदौ २६, २०८० मंगलबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार