भक्तपुर बालसुधार गृहबाट वीरगन्ज पुर्याइएका बालकैदीलाई पुनः भक्तपुर फिर्ता ल्याइँदै
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १२:८:२
२८ भदौ, काठमाडौं । भक्तपुर बाल सुधारगृहमा तनाव उत्पन्न भएपछि दुई सातापहिले पर्साको वीरगन्जस्थित बाल सुधार पुर्याइएका बालकैदीलाई पुनः भक्तपुर ल्याइने भएको छ ।
भक्तपुरको सानो ठिमीस्थित रहेको बाल सुधार गृहमा भदौ ३ मा रामेछापका कमल बस्नेतको मृत्यु घटनालाई लिएर गृहमा कैदीहरुले विरोध प्रदर्शन र तोडफोड गरेर २०० भन्दा बढी बालकैदी गृहबाट बाहिर निस्केर लाठी, रड लिएर सडकमा निस्किएका थिए । बस्नेतको मृत्यु प्रशासनले समयमै उपचार नगरिदिँदा अनाहकमा ज्यान गएको भन्दै उपचार, खानेकुरा र बस्ने स्थान व्यवस्थित गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनबाटै फरार भएका उनीहरुलाई प्रहरीले उपत्यकाबाट पक्राउ गरेको थियो । त्यसपछि १८ बालकैदीलाई सरुवा गरेर वीरगन्ज पुर्याइएको थियो ।
त्यहाँ पुगेपछि वीरगन्ज सुधार गृहमा पनि खाने, बस्ने र सुत्ने विषयमा उत्पन्न भयो र त्यहाँ पहिल्यैदेखि राखिएका कैदीहरुले अन्यत्र लैजान माग गर्दै विरोध पद्रर्शन गरे । मंगलबार रातभर गृहभित्र दुवै पक्षबीच झडप भयो र भवनमा तोडफोड चल्यो । त्यसक्रममा भक्तपुरबाट लगिएका ११ जना कैदी घाइते भए । ३ प्रहरी पनि घाइते भएका थिए । बाल सुधारगृह भित्रका पर्खाल, ढोका, झ्याल, खानेपानीको ट्याङ्की, चापाकल, भान्साको सामान, बालकैदीहरू सुत्ने खाट, बिछ्यौना लगायतमा क्षति पुगेको छ ।
झडपपछि १५ जनालाई बुधबार दिन र रातभर स्थानीय प्रशासनले अलग्गै स्थानमा राख्यो । त्यसपछि आज भएको छलफलपछि १५ कैदीलाई भक्तपुर नै फिर्ता पठाउने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
भक्तपुरबाट आएका बालकैदीहरूले यहाँ नबस्ने अडान लिएपछि फिर्ता पठाउने भएको हो । यसमा भक्तपुरले पनि फिर्ता ल्याउन सहमत भएको छ । वीरगन्ज र भक्तपुरका सुधार गृह प्रशासन सुधारगृहभित्र बिजुली, खानेपानी, सरसफाई, निःशुल्क स्वास्थ्य उपचारको उचित व्यवस्था गर्न सहमत भएको जनाइएको छ ।
वीरगञ्जको बाल सुधार गृहमा पहिल्यैदेखि १३१ जना बालकैदी रहँदै आएका छन् । सुधार गृहको क्षमता भने ६० जनामात्रै रहेको छ । विभिन्न अपराध कसुरमा अदालतबाट फैसला हुदाँ बालिग रहेका कैदीहरु अहिले २५÷२६ वर्ष उमेरका भएका छन् । अदालतबाट फैसलाले मात्र उनीहरुलाई कारागारमा राख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार