प्रधानमन्त्री प्रचण्डद्वारा पशुपति आर्यघाटमा दिवंगत नेम्वाङप्रति राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १२:३२:८
२८ भदौ, काठमाडौं । दिवंगत एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवास चन्द्र नेम्वाङप्रति प्रधानमन्त्री प्रचण्ड लगायत राजनीतिक दल शीर्षस्थ नेताहरुले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बिहीबार बिहान साढे ११ बजे बालुवाटार निवासबाट नेम्बङको पार्थिव शरीरलाई पशुपति पुर्याइएको हो । त्यहाँ पु्रयाइएपछि हिन्दू धार्मिक संस्कार अनुसार चित्तामा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको हो । नेम्वाङकाे पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यसपछि, मन्त्रीहरु, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसद, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेताहरू, विशिष्ट व्यक्तिहरूले आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेम्वाङको पार्थिव शरीरलाई मंगलबार बिहानदेखि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको थियो । त्यसपछि किरात संंस्कार अनुसार श्रद्धाञ्जलीका लागि बिहीबार बिहान साढे ११ बजेसम्म निवास बालुवाटारमा राखिएको थियो ।
मंगलबार राति घरमै बेहोस भएर ढलेका नेम्वाङको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राति ३ बजे निधन भएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा नेता, कार्यकर्ता, र सर्वसधारण गरी हजारौंको संख्यामा उपस्थित भएका छन् । मन्त्रिपरिषदको निर्णयअनुसार नेम्वाङलाई अन्त्येष्टिमा राजकीय सम्मान अर्पण गरिएकाे छ । २०६४ र २०७० को दुवै संविधानसभामा अध्यक्ष रहेका नेम्वाङ पछिल्लो समयमा इलाम २ बाट प्रतिनिधिसभा सदस्य दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार