दिवंगत नेता नेम्वाङको राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १३:४:५६
२८ भदौ, काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीबार मध्याह्न अन्त्येष्टि गरिएको हो। उनलाई पशुपति आर्यघाटमा छोराहरुले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए।
नेम्वाङलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि आर्यघाट पुगेका थिए। नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ ।
यसअघि नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल र बालुवाटारस्थित घरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने
कात्तिक २९, २०८१ बिहिबार
राष्ट्रपति पौडेलको अजरबैजानका समकक्षी अलियेफसँग भेटवार्ता
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड
कात्तिक २९, २०८१ बिहिबार
कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह
कात्तिक २९, २०८१ बिहिबार
विश्वकपमा छनोट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने
कात्तिक २९, २०८१ बिहिबार
पाकिस्तानमा विषाक्त धुवाँ फैलिँदा एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार