सीआईबीले फरार सूचीमा राखेकाे सुन तस्करीका चिनियाँ आरोपी भारतमा पक्राउ
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १३:३२:६
२८ भदौ, काठमाडौं । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीस्करी भएको ६० किलो सुन प्रकरणमा फरार रहेका आरोपी विदेशी नागरिकमध्ये एक चिनियाँ भारतका प्रहरीको हिरासत रहेको भेटिएको छ ।
हङकङबाट ब्रेकसुमा राखेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भित्रुयाइएको सुन प्रकरणमा विदेशी र ४५ नेपालीलाई फरार सुचीमा राखेर नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो (सीआईबी)ले इन्टरपोलमार्फत खोजी गरिरहेको छ ।
सो क्रममा चिनियाँ नागरिक ३९ वर्षीय पेङ योङसिन भारतीय प्रहरीको हिरासतमा रहेको छ । उनलाई साउनको पहिलो हप्ता नै पक्राउ गरेर हिरासतमा राखेको पाइएको छ । उनी तस्करीका प्रमुख भूमिकाका तस्कर रहेको बुझिएको छ ।
सुरुमा भारतीय प्रहरीले योङसिनमाथि सोधपुछ गर्दा नेपाली नागरिकता देखाएको र शंका लागेर केरकर गर्दा उनीबाट चिनियाँ पासपोर्ट र अन्य कागजात फेला परेको थियो । योङसिनसँग फेला परेको नेपाली नागरिकता काभ्रे जिल्ला प्रशासन कार्यालयबाट जारी भएकाे देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । चिनियाँ नागरिक भएकाले नेपाल सुपुर्दगी गर्ने कि नगर्ने भन्ने निर्णयमा भारतीय प्रहरी नपुगेको जनाएका छन् ।
सीआईबीले योङसिनलाई विमानस्थलबाट हुने तस्करीको सुन गाल्ने र बजार पुर्याउने अखडा रहेको काठमाडौंको टोखामा गोदाम हेर्ने गरेको आरोप लगाएको छ । सुन प्रकरणमा प्रमुख मानिएका दाओजिन वाङ फरार सूचीमा छन् । ४ नेपालीलाई पनि फरार सूचीमा राखेर खोजी गरिरहेको छ ।
प्रकरणमा ५० जनाको संलग्नता खुलेको सिआइबीले जनाउँदै आएको छ । उसले ७ चिनियाँ र अन्य विदेशी २ र नेपाली गरी ३२ लाई पक्राउ गरिसकेको छ । पक्राउ परेका ७ मध्ये ५ जना चिनियाँसँग काभ्रे र काठमाडौं जिल्ला प्रशासनबाट जारी भएका नागरिकता र राहदानी (पासपाेर्ट) फेला परेको छ ।
पक्राउ परेकामध्ये २९ जनालाई मुद्दा चलाउन प्रतिवेदन सरकारी वकिललाई बुधबार नै दिइसकेको छ । सीआईबीको प्रतिवेदनमा प्रतिवादीहरुबाट ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो मागदाबी सहित ठगी, संगठित अपराध, कीर्ते नागरिकता र राहादानी लगायत ७ वटा कसुरमा मुद्दा चलाउन राय दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार