मुख्यसचिव अर्याल र सुरक्षा सल्लाहकार बैरागी प्रधानमन्त्रीको भ्रमणमा नजाने, हटाइयो नाम
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १४:१३:३६
२८ भदौ, काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भ्रमणमा नजाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन आउने गरी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदैछन् ।
उक्त भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलको सूचीबाट मुख्यसचिव डा. बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नाम हटाइएको छ । सानो प्रतिनिधिमण्डल बनाउन उनीहरूको नाम हटाइएको हो । अमेरिकाको न्युयोर्कमा हुने राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन जाने प्रधानमन्त्रीसँग अब नौ जना मात्र रहने बताइएको छ ।
प्रधानमन्त्रीले प्रतिनिधिमण्डलमा यसअघि मुख्यसचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार र निजी चिकित्सकको नाम राखिएको थियो । मुख्यसचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूले सम्बोधन गर्ने कार्यक्रम नरहेको भन्दै नाम हटाउन लगाएका थिए । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते साँझ न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरत राज पौड्याल, परराष्ट्रको यूएन महाशाखाकी प्रमुख तथा सहसचिव सेवा लम्साल, शिष्टाचार महापाल दिलिप कुमार पौडेल, एकजना शिष्टाचार अधिकृत दुईजना सुरक्षाकर्मी रहनेछन् । प्रधानमन्त्रीको चीन भ्रमण भदौ ६ गतेदेखि सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार