डाक्टर कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न चिकित्सक संघको अल्टिमेटम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १९:४९:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/doctar_f1qCnIL6ww_5VD0Cafzpz.jpeg)
२८ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी अघि बढाउदा पनि चिकित्सकमाथि आक्रमण भएको भन्दै ७२ घण्टाभित्र आवश्यक कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।
चिकित्सकमाथि आक्रमणका साथै पटक पटक धम्की आएको भन्दै राज्य गम्भीर हुनुपर्ने संघको भनाइ छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले चार जनालाई पक्राउ गरेपछि आवश्यक कारबाही नहुने देखिएकाले सरकारलाई अल्टिमेटम दिनुपरेको बताए।
उनले अन्य अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटना सामान्य नभएको जिकिर गरे । उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार दोषीलाई कानुनी कारबाही गर्न माग गरे । आफ्ना बिषयमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई पनि जानकारी गराएको र चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने प्रतिवद्धता आएपनि विश्वस्त हुन नसकिने संघले जनाएको छ ।
भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो । डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरूले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार