सुरक्षाको प्रत्याभूति नभए राजीनामा दिने चिकित्सकको चेतावनी, कुटपिटको विरोधमा स्वास्थ्य सेवा बन्द
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १०:५१:५३
२९ भदौ, मकवानपुर । चिकित्सक कुटपिटको विरोधमा मकवानपुरका सवै सवस्थ्य संस्थाको सेवा बन्द गरिएको छ । आकस्मिक बाहेक कुनै पनि सेवा चलेका छैनन् । सुरक्षाको प्रत्याभूति नभएको भन्दै हेटौंडा अस्पतालका ७९ जना चिकित्सकहरुले सामूहित राजीनामा दिने चेतावनी दिएका छन् ।
हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा एचडीयु कक्षमै डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा स्वास्थ्य सेवा ठप्प बनाएँदै चिकित्सकले राजीनामाको चेतावनी दिएइका हुन् । सुरक्षाको माग गर्दै हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा तयार गरेका छन् ।
हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक रूपमा राजीनामा पत्र तयार गरेका हुन् । चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा बुझाएका हुन् ।
उक्त पत्रमा सुरक्षाको प्रत्याभूति नभएकाले उपचार सेवा प्रवाह गर्न नसक्ने कारण उल्लेख गरिएको छ । अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर माथि आक्रमण गर्ने र कारवाहीका लागि प्रहरी प्रशासनले देखाएको आनाकानी विरुद्ध सामूहिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता देखिएको उनीहरुको भनाइ छ ।
हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प छन् । उनीहरुले घटनामा संलग्नलाई पक्राउ गरी कानुन कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग स्थानीय प्रशासन समक्ष राखेका छन् । डाक्टर कुटपिटका कारण अहिले जिल्लाको स्वास्थ्य क्षेत्र त्रसित बनेको छ ।
बुधबार बिहान हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिकरुपमा आक्रमण भएको अवस्थामा स्थानीय प्रशासन र प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिइ ‘मौन’ रहेर मिलापत्र गराउन खोज्दा मकवानपुरको स्वास्थ्य क्षेत्र आन्दोलित बनेको हो ।
गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका हुन् । कुटपिटबाट डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा. थापाको गाला र अनुहार सुनिएको छ । उनी उपचारका लागि काठमाडौं गएका छन् ।
प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसअघि उनलाई उपचारका लागि साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि साउन २३ गते चितवन रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रधानलाई दोस्रोपटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरु दोषी रहे स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
बंगलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यालय तोडफोडपछि आगजनी
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल संवतसहित भोली गाई, बलि, हली र म्हपूजा, भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे
कात्तिक १६, २०८१ शुक्रबार
भक्तपुरका नेवार समुदायले आज म्हः पूजा, भोलि भाइटीका मनाउने
कात्तिक १६, २०८१ शुक्रबार
भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
भैरहवा उडान गर्ने सर्तमा थाई एयरको प्रतिबन्ध फुकुवा
कात्तिक १६, २०८१ शुक्रबार
साउदी अरबपछि सिंगापुरमा पनि सिंघम अगेन रिलिज नहुने
कात्तिक १६, २०८१ शुक्रबार