प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमणका एजेण्डबारे छलफल ४ बजे मन्त्रिपरिषद्को बैठक
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार ११:३०:५६
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन र अमेरिका भ्रमणका एजेण्डाबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जानुअघि बैठक बस्न लागेको हो । बैठकमा महासभासहित चीन भ्रमणका एजेन्डालगायत विषयमा छलफल हुनेछ ।
महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार (भोलि) अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दैछन् । उनले आउँदो असोज ४ गते (२१ सेप्टेम्बर) महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड महासभाको उद्घाटनसत्रमा सहभागी हुनेछन् ।
असोज ३ (१९ सेप्टेम्बर) गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनले भाग लिनेछन् । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र जलवायु महत्त्वाकांक्षालगायत शिखर सम्मेलनमा पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यहाँ उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाटका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् । चीन भ्रमण असोज ५ गतेदेखि सुरु हुने मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार