बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १३:३:३६
२९ भदौ, काठमाडौं । बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरू’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो ।
गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा. भोला रिजाल, वरिष्ठ गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महत, ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालको उपस्थितिमा विमोचन गरिएको छ ।
तीन वर्षदेखि सुरशाला सङ्गीत विद्यालय झम्सिखेलमा गायक तथा सङ्गीतकार अमृत छेत्रीसँग गायन प्रशिक्षण लिँदै आएका बाल प्रतिभा आयन पौडेलले आगामी दिनमा पनि गीत सङ्गीत क्षेत्रमा सक्रिय रहने बताए ।
बुबा नलराज र आमा अनिताको प्रेरणामा गीत सङ्गीतको क्षेत्रमा लागेको जनाउँदै बाल गायक पौडेलले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा गीतकार एवं चिकित्सक डा. भोला रिजाल, गीतकार तथा पूर्व सचिव शङ्कर कोइराला, गायक प्रेमराजा महतले बाल गायक पौडेलमा नेपाली सङ्गीत क्षेत्रका लागि आशालाग्दो सम्भावना रहको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘तेल भिसा’ को पहिलो गीत ‘हरि नाम झैं’ सार्वजनिक
भदौ ११, २०८१ मंगलबार
विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ सार्वजनिक
भदौ १०, २०८१ सोमबार
लोक कलामा हाम्रो जीवन बोलेको हुन्छ : सांसद तिवारी
भदौ ९, २०८१ आइतबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'
भदौ २३, २०८१ आइतबार
सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
भदौ २३, २०८१ आइतबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
भदौ २३, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
हंगेरीमाथि जर्मनीको शानदार जित
भदौ २३, २०८१ आइतबार
अर्थ समितिको बैठक बस्दै
भदौ २३, २०८१ आइतबार